नाभाल्नी विष काण्डलाई लिएर अमेरिकी नाकाबन्दी



वासिङ्टन, (एजेन्सी) ।

अमेरिकाले रुसी विपक्षी नेता एलेक्सेई नाभाल्नीलाई विष दिएको घटनालाई लिएर केही रुसी नागरिकमाथि नाकाबन्दी लगाउने घोषणा गरेको छ । यो कदम थुप्रै रुसी सरकारी अधिकारीमाथि केन्दि«त रहेको बताइएको छ ।

अमेरिकी सरकारी अधिकारीहरूका अनुसार युरोपेली संघ (ईयू) ले पनि यस्तै कदम उठाउँदै छ ।अमेरिकी सञ्चार–माध्यमलाई सरकारी सूत्रले गत वर्ष साइबेरियामा झन्डै नाभाल्नीको ज्यानै जाने गरी प्राणघातक नर्भ एजेनट आक्रमण गर्ने काममा रुसी सरकारको हात रहेको निक्र्यौल अमेरिकी गुप्तचर निकायले गरेको जानकारी दिएको छ । तर, क्रेमलिन र रुसी राष्ट्रपति भलादिमिर पुटिनले भने शुरूदेखि सो विष काण्डमा आफूहरूको कुनै संलग्नता नरहेको अडान लिँदै आएका छन् ।पश्चिमी हातहतियार विशेषज्ञहरूले नाभाल्नीमाथि ‘नोभिचोक’ नामक नर्भ एजेनट प्रयोग गरिएको बताएका छन् । लामो समय जर्मनीमा उपचार गराएर केही दिनअघि रसिया फर्कना साथ नाभाल्नीलाई गिरफ्तार गरिएको थियो ।

पश्चिम जगतले नाभाल्नीको यथाशिघ्र रिहाइका लागि निरन्तर दबाब दिँदै आएको छ । यसै क्रममा नाभाल्नीको रिहाइको माग गर्दै रसियामा विरोध प्रदर्शन पनि हुँदै आएको छ ।नाभाल्नी पुटिनको कटर आलोचक रहँदै आएका छन् । उनले पुटिन सरकारबाट हुने गरेको भ्रष्टाचार कार्यको विरोध गर्ने गरेका छन् । अमेरिकी अधिकारीहरूले पत्रकारहरूलाई बताएका छन् – ‘सातजना वरिष्ठ रुसी सरकारी अधिकारी र अन्य चौधवटा रसायनिक तथा जैविक हातहतियार उत्पादन गर्ने निकाय माथि नाकाबन्दी लक्षित छ ।’पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको तुलनामा बाइडेनले रसियामाथि कडा नीति अवलम्बन गरेको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्