बालुवाटारमा एकै दिन दुई चरणको वार्ता



काठमाडौं, (नेस)  ।

सरकार र नेत्रविक्रम चन्द विप्लव समूहबीच एकैदिन दुई चरणमा वार्ता भएको छ । वार्ता शुरु भएकै दिन बुधवार बिहान र साँझ गरेर दुई चरणमा वार्ता सम्पन्न भएको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सरकार र विप्लव समूहका प्रतिनिधिबीचको बैठक सकारात्मकरुपमा सम्पन्न भएको छ । सरकारी वार्ताटोलीका सदस्य डा. राजन भट्टराईले दोस्रो चरणको बैठक सम्पन्न भएको जानकारी दिनुभयो । दुवै पक्ष समान धारणानजिक पुगेको र छिट्टै सकारात्मक निष्कर्षमा पुग्ने अपेक्षा गरिएको भट्टराईले जानकारी दिनुभयो ।

वार्तामा सरकारको तर्फबाट गृहमन्त्री रामबहादुर थापा, राजन भट्टराई, विप्लव समूहका सचिवालय सदस्य एवं प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र दीपकको सहभागिता रहेको थियो । सरकारका तर्फबाट दुई सदस्यीय वार्ता टोली गठन गरेलगत्तै विप्लव समूहले पनि दुई सदस्यीय वार्ता टोली गठन गरेको छ । वार्ता टोली गठन गरेसँगै पहिलो चरणमै दुई चरणमा वार्ता भएको हो ।

प्रतिक्रिया दिनुहोस्