कांग्रेसले बाेलायाे २१ गते संसदीय दलको बैठक



न्युज अफ नेपाल ,काठमाडौं ।

नेपाली कांग्रेसले शुक्रबार संसदीय दलको बैठक बोलाएको छ । २३ फागुनमा सुरु हुने प्रतिनिधि सभाको अधिवेशनमा बसरी प्रस्तुत हुनेबारे धारणा बनाउने कांग्रेसले शुक्रबार दिउसो एक बजे दलको बैठक बोलाएको हो ।

कांग्रेस प्रतिनिधि सभाका मुख्य सचेतक बालकृष्ण खाणले फागुन २१ गते शुक्रबार संसदीय दलको बैठक बोलाइएको जानकारी दिए । बैठकमा प्रतिनिधि सभा बैठकमा कसरी प्रस्तुत हुनेबारे छलफल गरी संस्थागत धारणा तय गरिने खाणले जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ५ पुसमा गरेको संसद् विघटन गर्ने निर्णय ११ फागुन सर्वोच्च अदालतले बदर गरिदिएपछि सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले २३ फागुनमा प्रतिनिधि सभाको अधिवेशन आब्हान गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्