प्रचण्डले लगाए कोरोनाविरूद्ध खोप



न्युज अफ नेपाल , काठमाडौं ।

नेकपा प्रचण्ड- नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कोरोना भाइरसविरूद्ध खोप लगाएका छन्।बुधबार सिभिल अस्पताल पुगेर प्रचण्डले कोरोनाविरूद्ध खोप लगाएका छन्।

सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा बैठक आह्वान गरेपछि सभामुख, मन्त्रीहरू र सांसदलाई आज कोरोनाविरूद्ध खोप लगाइँदैछ। बिहान १० बजेदेखि खोप लगाउन सुरू गरिएको हो। प्रतिनिधिसभा बैठक फागुन २३ गते अपरान्ह ४ बजे बस्दैछ।

प्रतिक्रिया दिनुहोस्