मेगा बैंकका ग्राहकलाई सिद्धार्थ ग्रुपमा छुट



काठमाडौं, नेस ।

मेगा बैंक नेपालका ग्राहकलाई सिद्धार्थ गु्रप अफ बिजनेश हस्पिटालिटीबाट सञ्चालित होटल तथा रेष्टुरेन्टमा छुट हुने भएको छ ।मेगा बैंक र सिद्धार्थ गु्रपबीच भएको सम्झौताअनुसार खाना तथा परिकारमा १० प्रतिशत छुटको व्यवस्था गरिएको छ भने रुम चार्जमा कर्पोरेट छुट हुनेछ ।

सिद्धार्थ ग्रुपबाट देशका बिभिन्न स्थानमा २१ वटा होटल, रिसोर्ट तथा रेष्टुरेन्ट सञ्चालित छन् । जसमध्ये काठमाडौं उपत्यकामा ८ वटा होटल तथा रेष्टुरेन्टहरु छन् ।

प्रतिक्रिया दिनुहोस्