निगमद्वारा हजार ट्यांकरमाथि कारबाही



काठमाडौं, नेस ।

नेपाल आयल निगमले एक हजारभन्दा बढी ट्यांकरलाई कारबाही गरेको छ । पेट्रोलियम पदार्थको अपचलन गरेको आरोपमा निगमले कारबाही गरेको हो ।

पेट्रोलियम पदार्थ ढुवान गर्ने ट्रक तथा ट्याङकरले लकिङ तथा फिटिङमा अनियमितता गरेको पाइएपछि पछिल्लो तीन महिनामा उनीहरूमाथि कारवाही गरिएको निगमले जनाएको छ । निगमका अनुसार १५ दिनदेखि छ महिनासम्म इन्धन ढुवानीमा रोक लगाउनुका साथै चालक-सहचालकलाई कालोबजारी मुद्दा दायर गरी आजीवन निगमको कुनै पनि डिपोमा प्रवेश गर्न नपाउने गरी निषेध तथा नगद जरिवानासमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्