बालुवाटारमा सरकार र विप्लवबीच वार्ता सुरु



न्युज अफ नेपाल ,काठमाडौं ।

सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीबीच बालुवाटारमा वार्ता सुरु भएको छ । दुवै पक्षले वार्ता टोली गठन गरेपछि केहीबेर अघिदेखि बालुवाटारमा वार्ता सुरु भएको हो ।

वार्तामा सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई रहेका छन् । उता नेपाल कम्युनिस्ट पार्टीले केन्द्रीय सचिवालयका सदस्य तथा प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र केन्द्रीय सदस्य उदय चलाउने दीपक रहेका छन् ।

केपी ओली नेतृत्वको सरकारले आपराधिक समूह रहेको ठहर गर्दै २ वर्षअघि प्रतिबन्ध लगाएको विप्लव नेतृत्वको दललाई अहिले सरकार आफैले पहल थालेर वार्तामा बोलाएको हो ।

 

प्रतिक्रिया दिनुहोस्