प्रेरणा र ऋतिक बने विजेता



यमलाल भुसाल, बुटवल ।

रुपन्देहीमा सम्पन्न चौथो खुला लनटेनिस प्रतियोगिताको उपाधि बुटवलका ऋतिक रानाले हात पारेका छन् ।मंगलबार भएको फाईनलमा सन्तोष खत्रीलाई ६–३, ७–५ को सोझो सेटमा पराजित गर्दै रितिकले उपाधि चुमेका हुन । महिला सिगल्सको उपाधि प्रेरणा कोइरालाले जितिन् ।

उनले फाइनलमा अभिलाषा विष्टलाई ६–३, ६–१ को सेटमा हराउँदै उपाधि हात पारेकी हुन् । पाँच दिनसम्म चलेको प्रतियोगिताको ३५ वर्ष भन्दा माथिको समूहमा कमल भण्डारीले उपाधि चुमे । उनले फाइनलमा संन्जय प्रकाश श्रेष्ठलाई ६–२, ६–० को सेटमा पराजित गरेका हुन् । बुटवलका श्रेष्ठ पहिलोपटक फाईनल पुगेका हुन् ।

यसैगरी, ४५ वर्ष माथिको समूहतर्फ चन्द्र शाही (यु एण्ड मि) ले धर्म लामिछानेलाई ६–४, ६–३ को सोझो सेटमा पराजित गर्दै उपाधि हात पारे । यसैगरी, ५५ वर्ष माथिको समूहतर्फ हिमाल शाहले मनोज राणालाई ६–७, ६–२, १०–२ को सेटमा जित निकालेर उपाधि जिते । यसैबीच, नेपालका टेनिस खेलमा महŒवपूर्ण योगदान दिएका लनटेनिसका प्रमुख प्रशीषक कृष्णराज घलेलाई नगद १८ हजारसहित दोसल्ला ओढाएर सम्मान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्