सृष्टिसँग दृष्टि संवाद



प्रेरणादायी वक्ताका रूपमा परिचित दृष्टिविहीन सृष्टि केसीले मर्यादा मिडिया प्रालिको उत्पादनमा सृष्टिसँग दृष्टि संवाद नामक कार्यक्रम चलाउने भएकी हुन्।

मंगलबार बुद्धनगरस्थित कार्यक्रम उत्पादक कम्पनीकै कार्यालयमा एक अनौपचारिक कार्यक्रमकाबीच केसीसँग सम्झौतापत्रमा हस्ताक्षर भएको छ। विभिन्न उतार–चढाव र संघर्षलाई चिर्दै सार्वजनिक जीवनमा योगदान पु¥याएका व्यक्तित्वलाई टेलिभिजन कार्यक्रममार्फत समाजलाई थप प्रेरणा दिने विषयवस्तुमा आधारित टक शोको प्रस्तोता हुन पाउँदा आफू उत्साहित बनेको केसीको प्रतिक्रिया छ।

प्रतिक्रिया दिनुहोस्