सनिल क्वार्टरफाइनलमा



नेपाल समाचारपत्र, काठमाडौं ।

ललितपुरका सनिल शाही ‘वीर गणेशमान सिंह स्मृति बागमती प्रदेशस्तरीय बक्सिङ प्रतियोगिता’को क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।
मंगलबार भएको पुरुष ६४ केजी तौल समूहमा नक्सालका एबल थापालाई पराजित गर्दै सनिलले अन्तिम आठमा स्थान बनाएका हुन् । पुरुषकै ६४ केजी तौल समूहमा आयुषमान चटौतले अर्विन पञ्जियार, टोविन प्रधानले देवराज जोशी र पवन गुरुङले विश्वदीप मोक्तानलाई पराजित गर्दै अघिल्लो चरणमा स्थान बनाए ।

नागार्जुन बक्सिङ खेलकुद समितिको आयोजनामा सोमबारबाट शुरू भएको प्रतियोगिताको पुरुष ५२ केजीमा एनआईडीसीका नारायण भुजेलले सीबीसीका जीवनकुमार पुनलाई पराजित गरे । यही तौल समूहका अन्य स्पर्धामा सुमन नेपाली, शक्ति लामा र बुद्ध लामाले पनि जित निकाले ।यसैगरी, पुरुषकै ५६ केजी तौल समूहमा अजय चौधरीले मिङ्मार शेर्पा, प्रशान्त लामाले कल्याण राई र प्रकाश मगरले लोमस अधिकारीलाई पराजित गर्दै अघिल्लो चरणमा स्थान बनाए । पुरुष ६० केजीमा मौसम रानामगर, शेखर कुटुभुजु, आभासप्रताप शाह र विवेक गुरुङले जित निकाल्दै अघिल्लो चरणमा स्थान बनाए ।

पुरुषकै ६९ केजी तौल समूहमा सन्तोष खत्रीले प्रशान्त तामाङ तथा चन्द्र तामाङले आशुतोष मुल्मीलाई पराजित गर्दै अघिल्लो चरणमा स्थान बनाए । यस्तै ७५ केजीमा रुपक नेपालीले रोशनलाई श्रेष्ठलाई पराजित गरे ।

प्रतिक्रिया दिनुहोस्