पेरिसडाँडामा प्रचण्ड -नेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्दै



न्युज अफ नेपाल ,काठमाडौं ।

नेकपा दाहाल-नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज बस्दै छ । आज दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा केन्द्रीय कमिटी बैठक बस्‍न लागेको हो ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा बैठक फागुन २३ गते आह्वान गरेकी छन् । प्रधानमन्त्री केपी ओलीले असंवैधानिक काम गरेको भन्दै नैतिकताका आधारमा पनि राजीनामा दिनुपर्ने दाहाल- नेपाल समूहको माग छ ।तर प्रधानमन्त्री ओलीले राजीनामा नदिएपछि अब कसरी अगाडि बढ्‍ने भन्‍ने बिषयमा रणनीति तय गर्नका लागि बैठक बस्‍न लागेको हो । पुष ५ गते सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेपछि सर्वोच्च अदालतले बदर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्