बलात्कार उत्कर्षको जड: आजको बजारवाद र पितृसत्ता



नन्दलाल खरेल

निर्मला पन्तको बलात्कारपछि हत्या भएको अढाइ वर्षपछि मुलुकमा फेरि अर्की भागरथी भट्ट नामकी एक किशोरीमाथि जघन्य अपराध भएको छ । निर्मला पन्तको घटनामा प्रहरी अनुसन्धान निकम्मा भएकाले पनि यस्ता घटनामा बढोत्तरी भएको मानिन्छ । बलात्कार आपैmंमा जघन्य अपराध हो । हत्या, हिंसाजस्ता अपराध दिन–प्रतिदिन तीव्र बन्दै गइरहेका छन् । यही क्रममा गत माघ २१ गते विद्यालय गएकी बैतडीको चाडेपानीकी १७ वर्षीया किशोरी भागरथी त्यसपछि घर फिर्नन पाइनन् । र, अब कहिल्यै उनी फर्कने पनि छैनन् । क्रुर अपराधीले उनको जीवन नै समाप्त पारिदिएका छन् । विद्यालयबाट समयमा घर नफर्किएपछि आफन्तले खोजी गर्दा माघ २२ गते बेलुका घरभन्दा तीन किलोमिटर पर लवलेक सामुदायिक वनमा बीभत्स अवस्थामा उनको शव फेला परेको थियो ।

निर्मलाको घटना बिर्सन नपाई फेरि भागरथी भट्टको हत्याले आमछोरीहरुमा त्रास पैदा गरेको छ । आमजनताको जीउ–धनको सुरक्षा लिएर बसेको सरकारको नालायकीपनले गर्दा तमाम छोरीहरुप्रति समाजका हिंस्रकहरुले आक्रमण गरिरहेका छन् । समाजमा बलात्कारका घटना दिन–प्रतिदिन किन बढिरहेका छन् ? के कानुन कमजोर भएकाले यस्ता घटना घटिरहेका त होइनन् ? कि पितृसत्तात्मक राज्य भएकै कारण यस्तो भएको हो ? के आजको बजारवाद यसको प्रमृुख कारण हो ? यी सबैमा प्रश्नको उत्तर खोज्नु अपरिहार्य छ ।बलत्कारका घटना बढ्नुमा थुप्रै कारण होलान् । तर मूलतः बलत्कारका घटना बढ्नुमा प्रमुख दुई कारण छन् । एउटा आजको बजारवाद र अर्को पितृसत्ता । आजको बजारवादले महिलालाई उपभोग्य वस्तुसरह अथवा मनोरञ्जनको साधनको रुपमा लिएको छ । आजको बजारवाद पुँजीवादी अर्थव्यवस्थामा आधारित छ । पुँजीवादले जहिल्यै पनि माया, प्रेम, करुणा, सद्भावको भन्दा पनि कसरी नाफा कमाउन सकिन्छ, त्यस कुरामा ध्यान दिन्छ । पुँजीवादले महिलाको शरीरलाई विभिन्न माध्यम र तरिकाबाट प्रयोग गरेर नाफा आर्जन गर्ने कुरामा जोड दिन्छ ।

कतिपय चलचित्र, डान्स क्लब, यौन पर्यटन व्यवसाय, विज्ञापन आदिमा महिलाको अर्धनग्न शरीरलाई नाफा आर्जन गर्नको लागि पुँजीवादले प्रयोग गर्छ । जसको कारण आज बलात्कारका घटना बढिरहेका छन् । आज हामी आफ्ना छोरीहरुलाई सुन्दरी प्रतियोगितामा बिकिनीमा देख्दा गौरव गर्छौं । अश्लील चलचित्रमा देखिँदा पनि गौरव गर्छौं । अनि कसरी घट्छ बलत्कारका घटना ?बलत्कारका घटना बढ्नुमा अर्को प्रमुख कारण पितृसत्तात्मक राज्य हो । यो राज्यसत्ता परम्परागत धर्म, संस्कृति र मूल्य–मान्यताबाट दिशानिर्देशित छ । शास्त्रले पुरुषलाई सर्वसत्ता सुम्पिएको छ । धर्मशास्त्रका पाना पल्टाउँदा ठाउँ–ठाउँमा भेटिन्छ । ‘पतिपरमेश्वर’ अर्थात् पतिपरमेश्वर हो र पतिको आदेश शिरोपर गर्नु अनि पतिको सेवा गर्नु पत्नीको धर्म हो । एक प्रगतिशील लेखिका सुमिनाका शब्दलाई सापटी लिँदै भन्नुपर्दा– यस्तो खालको धर्म–संस्कृतिका मूल्य–मान्यतालाई ग्रहण गर्र्न महिलाले पुरुषलाई परमेश्वर ठानेर आजीवन दासत्व स्वीकार त गर्ने नै भए, जहाँ महिलाका रहर तथा नाइँनास्तीको कुनै अर्थ नै हुँदैन । कथित देवताले पटक–पटक स्त्रीलाई बलात्कार गरेका कथा हामी पुराणमा पढ्छौं । वृन्दालाई छल गरेका विष्णु या सात वर्षकी बालिकालाई गर्भिणी बनाएका शिव, स्वर्गका राजा भनिने इन्द्र या चन्द्र सबैसँग स्त्रीलाई जबर्जस्ती गरेका घटना जोडिन आउँछन् । अचम्मको कुरा त यो छ कि स्त्रीलाई बलात्कार गरेर पनि यी देवता, देवता नै बनिरहे, दण्डित भएनन् ।

बरु उल्टै पीडित स्त्रीहरूले नै अनेक प्रकारको मूल्य चुकाउनुप¥यो । यो सिलसिला हुबहु आज पनि समाजमा जस्ताको त्यस्तै छ । आफ्नै पत्नीको परीक्षा लिने राम अपराधी बनेनन्, पूजनीय बने । राज्य विस्तारका निम्ति महिला एक वस्तु मात्रै हो भन्ने नजिर महाभारतमा राजा ययातीको पुत्री माधवीको यौनशोषणको कथाले स्थापित ग¥यो ।काशीका राजकुमारी अम्बा, अम्बिका र अम्बालिकालाई जबर्जस्ती अपहरण गर्ने भीष्म बलात्कारी हुन् भनेर हामीले किन नभन्ने ? आखिर उनले कथित शक्तिको दुरुपयोग गरेर उनीहरूको जिन्दगीमाथि जबर्जस्ती गरेका छन् । पत्नीको इच्छाविरुद्ध वस्तु बनाएर जुवामा दाउ थापेपछि जुवा हारेर आफ्नै पत्नीलाई इच्छाविरुद्ध दोस्रोको हवाला गरिदिने पाण्डवलाई किन बलात्कारी नभन्ने ? आखिर उनले आफ्नी पत्नीको इच्छामाथि जोर जबर्जस्ती गरेका छन्।यस्ता घटनाक्रममा संलग्न पात्रलाई शास्त्रले महानताको पगरी गुथाइदिएको छ र आजका पुस्तालाई पनि जयजयकार गर्न लगाएको छ । हामी आँखा चिम्लिएर ती शास्त्रलाई हुबहु धारण गर्छौं, तिनमाथि कतै प्रश्न र प्रतिप्रश्न गर्दैनौं । बलात्कारीलाई पुज्नुपर्ने यो कस्तो धर्म हो भनेर हामी प्रश्न गर्दैनौं । विनाआपत्ति उनीहरूको पूजा गर्छौं । र, तिनै धर्मशास्त्रका मूल्य–मान्यतालाई आँखा बन्द गरेर धारण गर्ने आजका मानिसको चेतना पनि दिनानुदिन बलात्कारीमुखी हुनु त्यति आश्चर्य लाग्दो कुरा होइन ।

स्वाभाविकरूपमा जे रोप्यो त्यही उम्रन्छ, फुल्छ, फल्छ । वास्तवमा यो पुरुषसत्ताको जग त्यस्तो उद्गम हो जहाँबाट बलात्कारी मानसिकताको धारा प्रवाह हुन्छ र त्यहीँ नुहाएर आजका पुस्ताले आफूभित्र बलात्कारी चेतनाको टुसा उमारिरहेका छन् ।नेपाल हिन्दु धार्मिक आस्था भएकाहरुको बाहुल्यता भएको देश हो । यदि यहाँ कुनै महिलाको श्रीमान् म¥यो भने उसले सेतोे लुगा लगाउनुपर्ने, अर्को बिहे गर्न नहुने, अरु मानिसहरुसरह बाहिर खुलेआम घुम्न नहुने, अरुसँग हाँसी–खुशी बोल्न नहुने, घरभित्र बसिरहनुपर्ने आदि चलन पनि विद्यमान छ । तर त्यही कुरा केटा मान्छेलाई भने लागू हुँदैन । श्रीमतीमरिन् भने पनि लोग्नेमान्छेलाई भने लागू हुँदैन । श्रीमती मरिन् भने पनि लोग्नेमान्छेले अर्को बिहे गर्न हुने, खुलेआम बाहिर जे गरेपनि छुट छ । यस्तो भेद्भाव किन ? आखिर यस्तो अवस्था किन ? छोराछोरी दुवै बराबर भन्ने नारापनि नारामै सीमित भएको देखिन्छ । मन्त्री, नेताहरुले ठूल्ठूलो स्वरमा नारी हितको बारेमा भाषण गर्ने तर त्यही नारीलाई नै दुव्र्यवहार भइरहेको छ । जसले गर्दा बलात्कार गर्ने, नारीलाई ललाई–फकाई विदेशमा बेच्ने गर्दा पनि सरकारका तर्पmबाट खासै कदम चालेको देखिँदैन ।
बलात्कारसम्बन्धी जघन्य अपराधका घटनाको ब्यारोमिटर हरेक वर्ष डर लाग्दो तथ्यांकको रुपमा आएको छ ।

प्रहरी तथ्यांकअनुसार पछिल्ला ५ वर्षमा बलात्कारका ११ हजार घटना दर्ता नै भएका छन् । अझ डरलाग्दो तथ्यांक छ, ती ११ हजारमा पनि ५ हजारचाहिँ बालिका छन् । वि.सं. २०७५ श्रावणमा कञ्चनपुरकी निर्मला पन्तदेखि २०७७माघमा बैतडीकी भागरथीसम्म आइपुग्दा देशमा ३ हजार ३ सय ४७ बालिका बलात्कृत भएका छन् । अपराध लुकाउन १७ जना पीडितको हत्या भएको छ । यो बीचमा ६ हजार ८ सय ४४ जनाको बलात्कार भएको छ । यसरी कुल बलात्कारमध्ये आधा त बालिका नै छन् ।पछिल्लो अवस्थामा बलात्कार वा प्रयासका दैनिक सात घटना प्रहरीमा दर्ता हुने गरेका छन् । चालू आर्थिक वर्षको साउनदेखि पुससम्ममा बलात्कार तथा प्रयासका १ हजार २ सय ६० वटा घटना दर्ता भएका छन् । पीडितमध्ये आधा बालिका छन् । गत आर्थिक वर्ष ०७६-७७ मा देशभर २ हजार ८ सय ३१ महिला बलात्कृत भए । त्यसमध्ये १ हजार ३ सय ९३ जना अर्थात् ४९ प्रतिशत १८ वर्षमुनिका नाबालिका छन् । त्यसमा पनि २ सय ७३ बालिका त १० वर्षभन्दा कम उमेरका छन् । त्यस्तै वर्ष २०७५-०७६ मा २ हजार ७ सय ५३ बलात्कार घटना भएका थिए ।

जसमध्ये बालिकाको संख्या १हजार २ सय ३२ छ । महान्यायाधिवक्ता कार्यालय र नेपाल प्रहरीको तथ्यांकअनुसार सात वर्षमा कुल बलात्कारको संख्या पनि दोब्बर भएको छ । आर्थिक वर्ष २०७०-०७१ मा १हजार ३ सय ५६ महिला बलात्कारको सिकार भएका थिए । तर आ.व. २०७६-०७७ मा २ हजार ८ सय ३१ महिला बलात्कृत भए ।अन्त्यमा, जबसम्म व्यक्ति चेतनशील बन्न सक्दैन, तबसम्म ऊ हिंस्रक बनिरहन्छ । समाजका हरेक व्यक्तिलाई कानुनले बाँध्नुपर्छ । पाश्चात्य नराम्रा संस्कृतिको देखासिकी गर्नुहुँदैन । त्यतिमात्र होइन, हाम्रो संस्कृति र परम्पराभित्रका गलत चिजहरुको अनुशरण गर्नुहुँदैन । तब मात्र बलात्कारका घटनाहरु कम हुन सक्छन् ।

प्रतिक्रिया दिनुहोस्