नयाँ कोरोनाले अमेरिकामा महामारी चौथो चरणमा पुग्नसक्ने



वासिङ्टन, (एजेन्सी) । 

अमेरिकाका एकजना वरिष्ठ स्वास्थ्य अधिकारीले नयाँ विकसित स्वरूपको कोरोना भाइरसले महामारीलाई चौथो चरणको भयानक अवस्थामा पुर्‍याउन सक्ने चेतावनी दिएका छन् । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) की अध्यक्ष डा. रोचेल्ले वालेन्स्कीले भनेकी छन्  ‘म अहिलेको पछिल्लो कोभिड–१९ को तथ्यांक देखेर निकै चिन्तित छुं । गत साता प्रतिदिन करिब सत्तरी हजार व्यक्ति संक्रमित हुने गरेको पाएका छौं । सोही अवधिमा हरेक दिन करिब दुई हजार जनाको ज्यान जाने गरेको थियो ।

यस्तो बेलामा नयाँ स्वरूपका कोरोनाको महामारी थपिँदा हामीले अलि राम्रो बनाइसकेको स्थिति निकै अनियन्त्रित हुन सक्छ । नयाँ कोरोना वास्तवमै हाम्रो जनता र प्रगतिका ठूलो चुनौती हो ।’अहिले विश्वमा थरिथरिका नयाँ विकसित रूपका कोरोना भाइरस फैलिरहेको छ । तर, स्वास्थ्य विशेषज्ञहरू विशेषगरी संयुक्त अधिराज्य अमेरिका, दक्षिण अफ्रिका र ब्राजिलमा पहिले भेटिएका लगायत अत्यन्तै छिटो संक्रमण हुने र प्राणघातक किसिमका भाइरसदेखि बढि चिन्तित रहेका छन् ।

सीडीसीले यस महिना अमेरिकामा र बेलायतमा देखिएको उच्च दरमा संक्रमण हुने बि.१.१.७ नामक नयाँ कोरानाको बिगबिगी भएको जनाएको छ ।अमेरिकामा अहिले सम्म २ करोड ९३ लाखभन्दा बढि कोरोना संक्रमित हुनुका साथै ५ लाख २७ हजार भन्दा बढीको ज्यान गइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्