फ्रान्सका पूर्वराष्ट्रपति सार्कोजीलाई तीन बर्षको जेल सजाय



काठमाडौं ।

फ्रान्सका पूर्वराष्ट्रपति निकोलस सार्कोजीलाई भ्रष्ट्राचार मुद्दामा तीन बर्षको जेल सजाय भएको छ ।

६६ बर्षिय पूर्व राष्ट्रपति सार्कोजीले आफ्नै पार्टीको अपराधिक मामिलामा सूचना पाउन एक न्यायाधीशलाई किन्न खोजेको आरोपमा अदालयले सजाय सुनाएको फ्रेन्च मिडियाहरुले उल्लेख गरेका छन् । यस मुद्दामा सार्कोजीका दुई पूर्व वकिललाई पनि तीन बर्षको जेल सजाय सुनाइएको छ ।

अदालतले पूर्वराष्ट्रपति सार्कोजीले घरमै सजाय काट्न सक्ने छुट दिएको छ । उनलाई इलेक्ट्रोनिक ट्यागबाट मनिटर गर्नेगरि घरमै सजाय काट्न अनुमति दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्