वार्षिक डेढ लाख रोजगारी थप गर्ने लक्ष्य



नेपाल समाचारपत्र, काठमाडौं । 

स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्नका निम्ति नेपाल उद्योग परिसंघले ‘मेक इन नेपाल–स्वदेशी’अभियानलाई प्राथमिकताका साथ अगाडि बढाएको छ । यसै सन्दर्भमा परिसंघले अर्थमन्त्री र उद्योगमन्त्रीसँग सोमबार छुट्टाछुट्टै भेट गरी अभियानका सम्बन्धमा छलफल गरेको छ ।

भेटघाटका क्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले परिसंघले अगाडि सारेको अवधारणाले समग्र राष्ट्रिय आवश्यकतालाई महशुस गरी यसलाई व्यवहारिक बनाउनको लागि अन्तरसंवादलाई निरन्तरता दिनुपर्ने धारणा राख्नुभयो ।अभियानमा निजी क्षेत्र, सरकारको प्रशासनिक संयन्त्र र राजनीतिक क्षेत्रसँग पनि अन्तर सम्बाद गरी सम्बन्धलाई विश्वासिलो र परिपूरक बनाउनुपर्ने बताउनुभयो । आगामी बजेटमा यसलाई मूर्तरुप प्रदान गर्नको लागि सरकारको तर्फबाट आवश्यक सहयोग उपलब्ध गराउने धारणा राख्नुभयो । अर्थमन्त्री पौडेलले अभियानमा प्रधानमन्त्री, मन्त्रीहरु, सचिवहरु र निजी क्षेत्रका अन्य संघसंस्थालाई पनि सँगै लिएर अगाडि बढ्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

यसैगरी उद्योगमन्त्री लेखराज भट्टले नयाँ औद्योगिक क्षेत्रमा उद्योग स्थापनामा परिसंघले पहल गर्नुपर्ने बताउँदै त्यसको लागि सरकारले कुनै किसिमको सुविधा उपलब्ध गराउनुपर्ने भएमा सरकार तयार रहेको बताउनुभयो । स्वदेशी उद्योग स्थापनासँगै कपास खेतीलाई प्राथमिकतामा राखी नेपालगञ्जको खजुरालाई कपास उत्पादनको पकेट क्षेत्र बनाउनको लागि निजी क्षेत्र अगाडि बढ्नुपर्ने बताउनुभयो ।छलफलमा परिसंघका अध्यक्ष सतिशकुमार मोरले यो अभियानले स्वदेशी उत्पादन वृद्धि गर्न, व्यवसायको प्रतिस्पर्धात्मक क्षमता बढाउन र नेपाली वस्तु र सेवाको माग बढाउने लक्ष्यसहित सीएनआईले ‘मेक इन नेपाल–स्वदेशी’अभियान शुरू गरेको बताउनुभयो । परिसंघको अभियानमा सरकारको साथ र सहयोग हुनुपर्ने धारणा राख्दै मुलुकको औद्योगिक विस्तार, रोजगारीको सिर्जना एवम् उत्पादन वृद्धिबाट मात्र राष्ट्रिय अर्थतन्त्रमाथि उठाउन सकिने बताउनुभयो । यस अभियानमा सरकाले स्वमित्वबोध गरी स्वदेशी उद्योगको स्थापना र उद्योगलाई आत्मनिर्भर बनाउन सरकारबाट प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने धारणा राख्नुभयो ।परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवालले परिसंघले तयार गरेको स्वदेशी लोगोलाई सरकारले स्वामित्व लिई तुरुन्त कार्यान्वयनमा ल्याउनुपर्ने बताउनुभयो ।

त्यस्तै परिसंघका उपाध्यक्ष अनुज अग्रवालले परिसंघद्वारा अगाडि सारिएको अवधारणा केही महŒवाकांक्षी देखिए पनि परिसंघले मुख्यगरी चार वटा आर्थिक खम्बलाई बढी प्राथमिकतामा राखेको बताउनुभयो । विशेषगरी अभियानले हरेक वर्ष एक हजार उद्योग सञ्चालनमा ल्याई वार्षिक एक लाख पचास हजार औद्योगिक रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको छ । परिसंघको लक्ष्यअनुसार पाँच वर्षमा वार्षिक निर्यात ४ दशमलव ३ अर्ब डलर पु¥याउने र कुल गार्हस्थ उत्पादनमा सन् २०२५ सम्ममा २२ प्रतिशत र २०३० सम्ममा २६ प्रतिशत योगदान पु¥याउने लक्ष्य रहेको बताउनुभयो ।

अभियानले हरेक वर्ष एक हजार उद्योग सञ्चालनमा ल्याई वार्षिक एक लाख पचास हजार औद्योगिक रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको छ । परिसंघको लक्ष्यअनुसार पाँच वर्षमा वार्षिक निर्यात ४ दशमलव ३ अर्ब डलर पु¥याउने र कुल गार्हस्थ उत्पादनमा सन् २०२५ सम्ममा २२ प्रतिशत र २०३० सम्ममा २६ प्रतिशत योगदान पु¥याउने लक्ष्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस्