चिसो मान्छे घाममा नखिचिने



निर्माता निर्देशक दीपेन्द्र के खनालको लेखन, छायांकन तथा निर्देशनमा निर्माणाधीन फिल्म चिसो मान्छेको सोमबारबाट छायांकन शुरु भएको छ।

सोमबार बिहान शुभसाइत गरी फिल्मको छायांकन शुरु भएको हो। शर्मिला पाण्डेको निर्माणमा बन्ने फिल्ममा अपंण थापा र स्वस्तिमा खड्का प्रमुख भूमिकामा हुनेछन् भने देशभक्त खनाल, आशान्त शर्मा, झकेन बीसीलगायतका कलाकारले पनि अभिनय गर्नेछन्। सुभाष भुसालको संगीत रहने फिल्म काठमाडौंदेखि बाजुरासम्म खिचिने निर्देशक खनालले जानकारी गराए। ‘फिल्म काठमाडौंदेखि बाजुरासम्मका विभिन्न लोकेशनमा खिच्नेछौं। फिल्मको छायांकन यति नै दिनमा सकिन्छ भन्न सकिने अवस्था छैन।

’ –निर्देशक खनालको भनाइ छ। फिल्मले समाजका चिसो मानिसहरुको कथा भन्ने र घाममा नखिच्ने उनले बताए। फिल्म भदौ ११ गते रिलिज गर्ने योजना छ। शुभसाइत समारोहमा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले फिल्मको सफलताका लागि शुभकामना दिए।

प्रतिक्रिया दिनुहोस्