पवित्रा मिस र पूर्णिमा मिसेस व्युटिफुल नेपाल



मेकअप आर्टिस्ट टेकराज पाण्डेको दक्ष इन्टरनेसनल प्रालिले राजधानीमा एकसाथ विवाहित र अविवाहित महिलाबीच दुई भिन्दाभिन्दै सौंदर्य प्रतियोगिता आयोजना गरेको छ।

राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित सौन्दर्य प्रतियोगितामा पूर्णिमा क्षत्री मिस ब्युटिफुल नेपाल–२०२१ र पवित्रा बञ्जारा मिसेस ब्युटिफुल नेपाल–२०२१ भएका छन्। मिस ब्युटिफुल नेपाल–२०२१ को ताज चुमेकी पूर्णीमा क्षत्रीले युट्युब मस्ट भ्युज र मल्टी मिडिया च्वाइस अवार्डको उपउपाधिलाई पनि आप्mनो बनाइन्। मिस व्युटिफुल नेपाल–२०२१ मा गीता उप्रेती फस्ट रनर्सअपका साथ बेस्ट एक्टिभ, मस्ट आइकोनिक आइज र बेस्ट फिजिक तथा गीता गुरुङ सेकेन्ड रनर्सअपका साथ बेस्ट ¥याम्पवाक तथा पूजा नाथ थर्ड रनर्सअपका साथ मस्ट पपुलर, फेसन आइकन र मस्ट ट्यालेन्ट भए। त्यसै गरी सविना खुलाल मस्ट डिसिप्लेन र बेस्ट पर्सनालिटी, सोन्या शाही बेस्ट स्माइल, मनीषा यादव थापा मस्ट फोटोजेनिक, सुस्मिता देव मस्ट पन्चुअल, विजया रञ्जित भ्युअर्स च्वाइस र बेस्ट डान्सर, अनिता तामाङ बेस्ट हेयर तथा उषा फुयाँल बेस्ट स्किन भए।

विवाहित महिलाबीचको प्रतियोगितामा पवित्रा बञ्जारा मिसेस ब्युटिफुल नेपालका साथमा बेस्ट ¥याम्पवाक, बेस्ट स्किन र मस्ट ट्यालेन्टेड भएकी छिन्। मिसेस ब्युटिफुल नेपाल–२०२१ मा सुशीला श्रेष्ठ फस्ट रनर्सअपका साथमा बेस्ट स्पिच र मस्ट पन्चुअल, मञ्जु अधिकारी सेकेन्ड रनर्सअपका साथमा मस्ट एक्टिभ, अञ्जु न्यौपाने थर्ड रनर्सअपका साथमा मस्ट फोटोजेनिक र सरु थापा मस्ट पपुलर चुनिए। प्रतियोगितामा उमा खड्का भ्युअर्स च्वाइस, रोचना राजोपाध्याय मस्ट डिसिप्लेन, मीना महर्जन बेस्ट स्माइल, सिर्जना रूपाखेती पाण्डे बेस्ट डान्सर, उमा खड्का बेस्ट फिजिक, आरती भण्डारी बेस्ट हेयर, झुमा देवी ओली बेस्ट पर्सनालिटी, सरु थापा मल्टिमिडिया च्वाइस अवार्ड र विनीता देउला बेस्ट सिंगर विजेता भए।

कोरियोग्राफर अश्विनी झाको कोरियोग्राफीमा सम्पन्न कार्यक्रममा अभिनेता सरोज खनाल, गीतकार डा. डीआर उपाध्याय, व्यवसायी सुजन रिमाल, सञ्चारकर्मी अपेक्षा ढुंगाना, मेकअप आर्टिस्ट तारा थापा, मोडल तथा अभिनेत्री करुणा पाण्डे र शिक्षिका कमला चुदारालाई विशेष सम्मान गरिएको थियो। प्रतियोगितामा पूर्वप्रधान सेनापति रुक्मांगत कटुवाल प्रमुख निर्णायक रहेका थिए भने अभिनेता सरोज खनाल, अभिनेत्री रेजिना उप्रेती, ¥यापर निर्णय एनएसके, मिसेस ब्युटिफुल नेपाल–२०१८ संगीता बस्याल, सञ्चारकर्मी माधव निर्दोषी र नेपाल सरकारका उपसचिव दुर्गा बञ्जाडे निर्णायक रहेका थिए। विवाहित र अविवाहित महिलामा अन्तरनिहित प्रतिभा प्रस्फुटनका लागि मिस ब्युटिफुल नेपाल र मिसेस ब्युटिफुल नेपाल प्रतियोगिता आयोजना गर्दै आएको आयोजक टेकराज पाण्डेले बताए।

प्रतिक्रिया दिनुहोस्