प्रधानमन्त्री ओली मोरङ जाँदै



न्युज अफ नेपाल ,काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओली आज फेरि मोरङ जाँदै छन् । मंगलबार दिउँसो उनी मोरङको उर्लाबारी हुँदै झापासम्म पुग्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको निजी सचिवलायले जनाएको छ ।

मोरङको उर्लाबारीमा प्रधानमन्त्री ओलीले एकिकृत सन्थाल बस्तीको उद्घाटन गर्ने कार्यक्रम छ । त्यसपछि उनी सोझै झापा जाने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका अनुसार प्रधानमन्त्री ओली बिहान ११ बजे यति एयरलाइन्समार्फत विराटनगर जाने भएका हुन् ।

‘प्रधानमन्त्रीज्युँ आज मोरङ र झापा जाने कार्यक्रम छ’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले भने, ‘केही उद्घाटनका कार्यक्रम छ । कार्यकर्ता भेटघाट र प्रशिक्षणको कार्यक्रम पनि छ । प्रतिनिधि सभा पुनःस्थापना भएपछि प्रधानमन्त्री ओली शिलान्यास कार्यक्रममा केन्द्रित हुन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्