युरोपमा पनि क्रिकेट लोकप्रिय हुँदै



लन्डन, (एजेन्सी) ।

युरोपको खेलको बारे सोच्दा सबैको मनमा फुटबल नै आउँछ । युरोपका लिग फुटबल निकै चर्चित पनि छन् । तर, फुटबलबाहेक अन्य खेलहरू पनि युरोपमा विस्तारै लोकप्रिय बन्दै गएको छ । यसमध्ये क्रिकेट युरोपमा लोकप्रिय बन्दै गएको खेल हो । हाल युरोपका ३४ देशमा क्रिकेट खेलिरहेको छ ।

इंग्ल्यान्ड र आयरल्यान्डलाई छाडिदिने हो भने बाँकि ३२ देशमा क्रिकेटको सबैभन्दा छोटो फरम्याट टी २० को लोकप्रियता बढी छ । अन्तर्राष्ट्रिय क्रिकेटर काउन्सिल (आईसीसी) ले क्रिकेटको बढावा दिने प्रयास र एसोसिएट सदस्य संख्या बढाउने गरेपछि युरोपमा यो खेलको विकास भएको छ ।इटालीको प्रमुख फुटबल क्लब एस िमिलानले पनि क्रिकेटको शुरुआतमा मुख्य भूमिका खेलेको छ । एसी मिलान क्लबको जन्म मिलान क्रिकेट र फुटबल क्लबको रूपमा भएको थियो । पछिल्ला केही वर्षमा क्रिकेटले समर्थकमाथि आकर्षित गरिरहेको छ । समर्थकहरूले हेर्नुका साथै यो खेल खेलिरहेका छन् । ब्रिटिश लेखक मार्कस बर्कमेनले आफ्नो पुस्तक ‘रेन मेन द मेडनेस अफ क्रिकेट’ मा लेखेका थिए —‘एक पटक तपाई क्रिकेटलाई मनपराएपछि यसबाट टाढा जान सक्नुहुन्न ।’

युरोपियन क्रिकेटर काउन्सिल (ईसीसी) को स्थापना १९९७ मा भएको हो । यो युरोपियन क्रिकेटको सर्वोच्च निकाय संस्था पनि हो । यसअघि युरोपियन क्रिकेट फेडेरेसनले क्रिकेट चलाउँथ्यो । ईसीसी क्रिकेटसँग सम्बन्ध सबै गतिविधिहरूको हेरचाह गर्छ । यसले युरोपियन च्याम्पियनसिप आयोजित गर्छ । शुरुआतमा यसमा १४ सदस्य थिए तर, अहिले यसमा ३७ सदस्य छन् ।यो संस्थामा आईसीसी एसोसिएट सदस्यको मान्यता प्राप्त ९ सदस्य पनि छन् । यस्तै, १७ लाई एफिलिएट सदस्यको मान्यता मिलेको छ । यसैगरी, ११ लाई आईसीसी पर्सपेक्टिभ सदस्य मिलेको छ । कयौं युरोपियन देश छन्, जो क्रिकेट विश्वकपका छनोट खेल खेलिरहेका छन् ।

स्पेनमा क्रिकेट 

युरोपियन लिग जुलाई २०१९ मा स्पेनमा लन्च भयो । यो लिगमा ८ क्लबले प्रतिस्पर्धा गरेका थिए । यसलाई प्रशारण गर्दा यसको भ्युरसिप १४ करोड भन्दा बढी रह्यो । यसलाई २०२० मा कोरोना भाइरसका कारण रद्द गर्नुपरेको थियो । फुटबल प्रेमी देश स्पेन १९९२ मा आईसीसीको एफिलिएट र २०१७ मा एसोसिएट सदस्य बन्यो । नेसनल लिगमा ८० भन्दा बढी क्लब छन् । यहाँ आधिकारिक मान्यताप्राप्त ‘इबेरिया कप टी २० प्रतियोगिता’ पनि आयोजना हुन्छ । त्यहाँ क्रिकेट पहिलोपटक १८०९ मा खेलेको थियो । १९७५ मा मेड्रिड क्लबको स्थापनापछि स्पेनमा क्रिकेटको नवयुग थालनी भएको हो ।

स्पेनमा दुई क्रिकेट मैदान छन्, जहाँ अन्तर्राष्ट्रिय खेल हुन्छ । डेजर्ट स्प्रिंग्स र ला मांगा दुई क्रिकेट मैदान युरोपियन क्रिकेटको केन्द्रसमेत हो । आयरल्यान्ड र स्कटल्यान्डका टिमले यही अभ्यास गर्न आउँछन् । यही युरोपियन फेडेरेसनको मुख्यालय पनि छ । साथै एकेडेमी पनि छ । डेजर्ट स्प्रिंग्समा अन्तर्राष्ट्रिय स्तरको पिच छ । कृत्रिम विकेट पनि छ ।

प्रतिक्रिया दिनुहोस्