अजितको गोलमा आरसीटीको जित



काठमाडौं, (नेस)  ।

रानीपोखरी कर्नर टिम (आरसीटी) ले जारी सहिद स्मारक ‘बी’ डिभिजन लिगअन्तर्गत सोमबार भएको खेलमा जित हासिल गरेको छ ।
आरसीटीले सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा टुसाल युवा क्लबलाई १–० ले हराएको हो । टिमका लागि अजीत गुरुङले निर्णायक गोल गरेका हुन् । उनले खेलको ७३ औं मिनेटमा गरेको गोल नै आरसीटीलाई जित दिलाउन पर्याप्त भयो ।

योसँगै जमलस्थित टिमले स्पष्ट ३ अंक जोडेको छ । आरसीटीको यो ८ खेलमा तेस्रो जित हो । साथै, १२ अंक जोेडेको आरसीटी अंकतालिकाको पाँचौं स्थानमा उक्लियो । उता टुसाल भने ७ अंकसहित सातौं स्थानमा रहेको छ । टुसालले ८ खेलमा यो चौथो हार आत्मसात गरेको हो ।

प्रतिक्रिया दिनुहोस्