इन्जाले स्थापना दिवस मनायो



काठमाडौं , (नेस) ।

नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सन्जाल इन्जाले तेस्रो स्थापना दिवस सोमबार मनाएको छ । सो संस्थाले हरेक वर्ष प्रदान गर्दै आएको विभिन्न विधाको पुरस्कारसमेत सोही समारोहमा प्रदान गरेको छ ।यस वर्षको उत्कृष्ट साहित्यिक पुरस्कारबाट राजेन्द्र पराजुलीको कोटेश्वरको केटोलाई प्रदान गरिएको छ । उक्त पुरस्कारको राशी एक लाख रुपियाँको रहेको छ ।

त्यसैगरी उत्कृष्ट खोजी पत्रकारिता पुरस्कारबाट नागरिक दैनिकका वरिष्ठ संवाददाता टपेन्द्र कार्की र लोकान्तर डटकमका समाचार सम्पादक सुशील पन्तलाई प्रदान गरिएको छ । उक्त पुरस्कारको राशी एक लाख रुपियाँ रहेको छ । त्यसैगरी उत्कृष्ट सामुदायिक पत्रकारिता पुरस्कारबाट बझाङका वसन्तप्रताप सिंह, रुपन्देहीकी निरा गौतम, दोलखाकी मन्दिरा थापालाई प्रदान गरिएको छ । उक्त पुरस्कारको राशी एक लाख रहेको छ ।

त्यसैगरी पत्रकारिता दीर्घ सेवा पुरस्कारबाट पत्रकारिताका गुरु लालध्वज देउसा राईलाई प्रदान गरिएको छ । उक्त पुरस्कारको राशी ६१ हजार रुपियाँ रहेको छ ।उक्त पुरस्कार संघीय संसद्का सभामुख अग्नि सापकोटाले प्रदान गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्