केन्द्रीय प्रसारण लाइनले जोडियो मनाङ

आन्तरिक पर्यटक बढ्ने विश्वास



थुतेन लामा, मनाङ  ।

हिमालपारिको जिल्ला मनाङमा पहिलोपटक ३३ केभीको केन्द्रीय प्रसारणलाइन पुगेको छ । यहाँको मौसम र वातावरण अनुकूल नभएपछि केन्द्रीय प्रसारण लाइनमा विद्युतीय तरङ्ग चार्ज नहुने समस्या आएको थियो । यसपटक भने फाइबर इन्सुलेटरबाट विद्युत् चार्ज गरिएसँगै मनाङमा पहिलो पटक केन्द्रीय प्रसारण लाइन जोडिएको हो ।नेपाल विद्युत् प्राधिकरण मनाङ वितरण केन्द्रका प्रमुख मिलन सुवेदीले जिल्लामा केन्द्रीय प्रसारण जडान गर्न निकै कठिनाइ भएको बताउनुभयो ।

सीमित जनशक्ति भौगोलिक विकटता अत्याधिक चिसोजस्ता प्रतिकूल समस्याका बाबजुद पटकपटकको प्रयासपछि भारतबाट फाइवर इन्सुलेटर झिकाएर जडान गर्न सफल भएको उहाँको भनाइ छ ।केन्द्रीय लाइन जडान भएपछि आफूहरुको वर्षौंअघिको सपना पूरा भएको पूर्वमन्त्री पाल्तेन गुरुङले बताउनुभयो । उहाँले पर्यटन क्षेत्रलाई केन्द्रीय लाइनको बिजुलीले फाइदा पु¥याउने चर्चा गर्दै मनाङले पर्यटनको विकासमा फड्को मार्ने बताउनुभयो । २०४८ सालदेखिको आफ्नो सपना पूरा भएकोमा उहाँले खुसी व्यक्त गर्नुभयो ।२०५१ सालदेखि यस जिल्लालाइ केन्द्रीय प्रसारण लाइनमा जोड्न खोजिए पनि राजनीतिक उतारचढाव, भौगोलिक विकटता, आवश्यक सामग्रीको अभावका कारण अधुरो रहेको थियो । पूर्वमन्त्री गुरुङले जिल्लालाई सडक र विद्युत्को पहँुच पु¥याउन आफूले शुरुआत गरेको र आज आफ्नो सपना पूरा भएको बताउनुभयो ।

त्यसै गरी अर्का पूर्वराज्यमन्त्री टेकबहादुर गुरुङले पर्यटकीय हिसाबले राम्रो भएको प्रतिक्रिया दिनुभएको छ । उहाँले अब होटलमा हिटिङ सिस्टम चल्ने र प्रत्यक्षरुपमा पर्यटकलाई फाइदा पुग्ने बताउनुभयो ।दशकौंदेखि लघुजलविद्युत्को भरमा दैनिकी चलाउँदै आएका मनाङबासीले यो लाइनको बिस्तारसँगै आधुनिक प्रविधिका उपरकणसँग समेत जोडिने विश्वास लिएको वितरण केन्द्रका प्रशासन शाखा प्रमुख गुप्त राना बताउनुहुन्छ । यो केन्द्रीय प्रसारण लाइन लमजुङको उदिपुर सबस्टेसनदेखि राँधी हाइड्रोसँग कनेक्सन गरी मनाङको चामे गाउँपालिका १ स्यार्कु सबस्टेसनमा जोडिएको हो ।साबिकको लघुजलविद्युत्को भोल्टेज कम हुने कारण समस्यामा परेका अस्पताल, सामुदायिक विद्यालय, सरकारी कार्यालय मात्र होइन, उद्योगी व्यापारीसमेत यो प्रसारण लाइन आएसँगै लाभान्वित हुने भएका छन् । लघुजलविद्युत्का कारण सरकारी कार्यालय, वित्तीय संघ संस्थाले दैनिक कामकाजमा हैरानी खेप्नुपरेको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद लामिछानेले बताउनुभयो ।

अझ स्वास्थ्यको सामान्य भिडियो एक्सरेलाई समेत लाइनको भोल्टेज नपुगेको र अब सेवाग्राहीलाई प्रभावकारी सेवा प्रदान गर्न ३३ केभीको केन्द्रीय प्रसारण लाइन फलदायी हुने जिल्ला अस्पताल प्रमुखको भनाइ छ ।उपरकरणको मागअनुसार विद्युतीय प्रवाह हुन नसक्दा आवश्यक उपकरणको प्रयोग गर्न कठिन भएको देशकै नमुना मानिने मनाङ एग्रो प्राली यस प्रसारण लाइनले सञ्चालनमा आउने एग्रो प्रालिका सञ्चालक समराज गुरुङ बताउनुभयो ।यस्तै पर्यटन व्यवसायीले विद्युत् आपूर्तिका कारण पर्यटकका सामान्य आवश्यकसमेत पूरा गर्न कठिन भएको र यस प्रसारण लाइन जोडिएसँगै अबका दिनमा सबै समस्यको समाधान हुने बताएका छन् ।पर्यटक आउँछन् मोबाइल, ल्यापटक, क्यमेरा चार्ज गर्नसमेत कठिन हुने समस्याले गुनासो आउने होटल व्यवसायी सेती गुरुङले बताउनुभयो ।अहिले नेपाल विद्युत् प्राधिकरण मनाङ वितरण केन्द्रले सदरमुकाम चामेमा धमाधम मिटर वितरणसँगै मिटर जडानको काम थालेको छ । सरकारी कार्यालय, अस्पताल विद्यालय र गाउँपालिकाका कार्यालयलगायत औद्योगिक क्षेत्रमा यसको पहुँच पुगिसकेको वितरण केन्द्रले जनाएको छ ।

हाल यस केन्द्रले जिल्ला सदरमुकामसम्म प्रसारण लाइन जडान गरिसकेको छ भने माथिल्लो मनाङ, खाङसार, तिलिचो बेसक्यम्प र थारोङ्ला हाइक्याम्पसम्म पोलिङको काम सकेको छ । वितरण केन्द्रका अनुसार यो वर्षका अन्तसम्ममा विद्युत् प्रसारण हुने छ ।

प्रतिक्रिया दिनुहोस्