एउटै भेडाको केश ७८ पाउन्ड



मेलबर्न, (एजेन्सी) ।
अस्ट्रेलियामा जंगलमा स्वतन्त्र रूपमा चरण गरिरहेको अवस्थामा फेला पारिएका एउटा भेडाको ७८ पाउन्ड बराबरको केश काटिएको एडगार्स मिसन फार्म स्यान्कच्युरीले जनाएको छ ।

अहिले ब्याराक नाम दिइएको सो भेडा भिक्टोरियाको ल्यान्सफिल्डमा जंगली अवस्थामा फेला पारिएको हो । उद्धारकर्ताहरूले धेरै वर्षदेखि त्यो यस्तै अवस्थामा रहेको हुनुपर्ने अनुमान गरेका छन् । स्यान्च्युरीले कुनै समय ब्याराकको कानमा ट्याग लगाइएको जस्तो देखिएको र त्यो ट्याग केश बेस्सरी बढ्न थालेपछि खसेको हुनुपर्ने बताएको छ ।

साथै, उद्धारकर्ताहरूले नराम्ररी बढेको केशको कारण त्यसको अनुहारै छोपिएको र त्यसलाई आँखाले राम्ररी हेर्न समेत अप्ठ्यारो परेको जनाएका छन् । अहिले त्यसलाई स्यान्कच्युरीमै बस्ने व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्