काङ्ग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठ अस्पताल भर्ना



भूपराज बस्याल, काठमाडौं ।

नेपाल सरकारका पुर्व उपप्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका संगठन बिभाग प्रमुख गोपालमान श्रेष्ठ अस्पताल भर्ना हुनुभएको छ । अक्सिजनको मात्रा कम देखिएपछि उहाँलाई आइतबार दिउँसो नर्भिक अस्पताल भर्ना गरिएको उहाँका सोकिय सचीव सुयोग चापागाईंले जानकारी दिनुभयो । शरीरमा केहि अप्ठ्यारो महसुस भएपछि अस्पताल गएर चेकजाँच गर्दा अक्सिजनको मात्रा कम देखिएको चापागाईंले जानकारी दिनुभयो ।

चौबीस घण्टाको सिसियु उपचार पछि हाल उहाँलाई नर्मल वडमा सारिएको छ भने कोरोना रिपोर्ट समेत नेकेटिभ आएको छ । हाल अवस्था सामान्य रहेको अस्पताल श्रोतले जनाएको छ । अवस्था सामान्य देखिएपनी अझै केही दिन भने अस्पतालमै राखिने श्रोतको भनाइ छ । उहाँको उपचारमा डाक्टर जेपि जैसवाल खटिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्