प्रथम ऋषिङ अध्यक्ष कपको उपाधी शुक्लागण्डकीलाई



मिला दरै, तनहुँ ।

प्रथम ऋषिङ अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधी शुक्लागण्डकी नगरपालिकाले जितेकोे छ । ऋषिङ गाउँपालिकाद्धारा ऋषिङ–४ थप्रेकस्थित महेन्द्रज्योती प्राथमिक विद्यालयको खेल मैदानमा सञ्चालित प्रथम ऋषिङ अध्यक्ष कपको उपाधी शुक्लागण्डकी नगरपालिकाको भलिबल टिमले हात पारेको हो ।

अन्तरपालिका स्तरीय भलिबल प्रतियोगितामा २२–२५, १५–२५ र १२–२५ को सोझो सेटमा शुक्लागण्डकीले जित हासिल गरेको हो । सोमबार सम्पन्न फाइनल खेलमा घिरिङलाई हराउँदै शुक्लागण्डकीले १ लाख ३५ हजार रुपैयाँ सहित मेडल, ट्रफी र प्रशंसापत्र प्राप्त गरेको छ ।
प्रतियोगितामा घिरिङ गाँउपालिका उपविजेता बनेको गाउँपालिकाका प्रवक्ता विजय दरैले जानकारी दिनुभयो ।

घिरिङले ८० हजार रुपैयाँ सहित मेडल, टफी र प्रशंसापत्र हात पारेको छ । प्रतियोगितामा भिमाद नगरपालिका तृतीय र वुलिङटार सान्त्वना भएको गाउँपालिकाले जनाएको छ । विजयी टिमलाई गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले पुरस्कार प्रदान गर्दै गाउँपालिकाले खेलको माध्यमबाट ऋषिङको पहिचान र प्रवद्र्धनमा टेवा पुग्ने बताउनुभयो । उहाँले गाउँपालिकाले खेलकुदको विकास र प्रवद्र्धनलाई उच्च महत्व दिदै आएको समेत बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्