एकथरी कमरेडहरुले समाजवादको खोल ओढेर दलाल पुँजीवाद ल्याउन खोजे : गृहमन्त्री थापा



न्युज अफ नेपाल, पोखरा ।

गृहमन्त्री तथा नेकपा ओली समूहका नेता रामबहादुर थापाले प्रचण्ड-नेपाल समूहले समाजवादको खोल ओढेर दलाल पुँजीवाद ल्याउन खोजेको आरोप लगाएका छन् ।

सोमबार गण्डकी प्रदेशस्तरीय नेताकार्यकर्ताको भेलामा सम्बोधन गर्दै थापाले प्रचण्ड नेपाल समूहले ‘जनताले राष्ट्रियताका लागि मत दिएको बुहमतको सरकार अपदस्त गरेर कम्र्फटेबल सरकार बनाउन लागेको बताउँदै भने ‘जनताले राष्ट्रियताका लागि मत दिएका हुन्, बहुमतको सरकार अपदस्त गरेर कम्र्फटेबल सरकार बनाउन लागे, समाजवादको खोल ओढेर दलाल पुँजीवाद ल्याउन खोजे एकथरी कमरेडहरुले ।’

यस्तै, प्रतिनिधिसभा पुनस्थापना गर्ने सर्वोच्चको निर्णय देशको पक्षमा नदेखिए जनाउँदै थापाले यस्तो निर्णयले देशलाई अस्थिरतातिर धकेलेको बताए ।

ओली समूह एकताको पक्षमा रहेको बताउँदै थापाले भने ‘एकथरी कमरेडले आरोपपत्र निकाले, त्यो भनेको नेतृत्व हत्याउने हो, फुटको विचारलाई अघि बढाउनु हो,’ उनले भने, ‘हामी एकताको पक्षमा छौं, एकताले मात्र समृद्धिको दिशामा लान सक्छौं ।’

प्रतिक्रिया दिनुहोस्