जन्मदिनको अवसरमा मानव सेवा आश्रममा भोजन खुवाउँदै



कास्की ।

जन्मदिनका अवसरमा पोखरा महानगरपालिका–१७, छोरेपाटनस्थित मानव सेवा आश्रममा भोजन दान गरिएको छ । लायन्स क्लब अफ पोखरा पिस टाउनको आयोजनामा क्लबका प्रथम उपाध्यक्ष शोभा पौडेलकी सुपुत्री सृजना पौडेलको जन्मदिनको अवसर पारेर भोजन दान गरिएको हो । भर्खर १२ कक्षाको अध्ययन सकेकी सृजनाको जन्मदिनमा उनकी आमा शोभाले मानवसेवा आश्रमका करिब १२० जना असहाय वृद्धवृद्धा तथा बालबालिकालाई भोजन दान गर्नुभयो ।

आइतबार बिहान सम्पन्न कार्यक्रममा लायन्स डिष्ट्रिक्ट ३२५ बी १  नेपालका डिष्ट्रिक्ट गभर्नर मनबहादुर रोकाले जन्मदिनको शुभकामना दिँदै मानव सेवा आश्रमलाई सबै मिलेर सहयोग गर्नुपर्ने बताउनुभयो । “जहाँ आवश्यकता त्यहाँ लायन्स” को भावना अनुरूप जो भोकै छन उनीहरूलाई खाना खुवाउनु भन्दा पुनित कार्य अरु हुन नसक्ने उहाँको भनाइ रहेको थियो ।सो अवसरमा सृजना पौडेलले आफ़नो जन्मदिन मानव सेवा आश्रममा मनाई वृद्ध बा आमालाई खाना खुवाउन पाँएकोमा ख़ुशी व्यक्त गर्दै यस्को ब्यावस्थापन मिलाउनु हुने लायन्स क्लब अफ पोखरा पिस टाउन परिवारप्रति आभार व्यक्त गरिन ।

जन्मदिन मनाउन कुनै रेष्टुरेन्टमा गएर खर्च गर्नु भन्दा यसरी असहाय आमाबुबा दाजुभाइ दिदीबहिनीहरूलाई भोजन गराएर मनको आनन्द मिलेको क्लबका प्रथम उपाध्यक्ष रहनु भएकी शोभा पौडेल बताउनु हुन्छ । छोरीको आग्रहमानै आफुले मानव सेवा आश्रम रोजेको उहाँको भनाई रहेको थियो ।क्लबका अध्यक्ष सरला तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा डिष्ट्रिक्ट को(चिफ एडभाईजर बिनोद ढुंगाना, डिपार्टमेन्ट चिफ हरिराज पन्त, कलस्टर प्रमुख शारदा शर्मा, रिजन चियर पर्सन अमृत प्रसाद तिवारी, जोन चियर पर्सन हिरा भट्टराई, मानवसेवा आश्रमका अभिभावक शोभा गौतम, क्लब प्रशासक क्रान्ति पौडेल लगाएतले जन्मदिनको शुभकामना सहित आ(आफ़नो मन्तव्य राख्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्