प्रचण्ड–नेपाल समूहद्वारा तत्काल स्थायी र केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय



न्युज अफ नेपाल , काठमाडौं ।

नेकपा दाहाल–नेपाल समूहको सचिवालय बैठकले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको छ । सोमबार नेकपाको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको सचिवालय बैठकले पछिल्ला राजनीतिक घटनाक्रमको सन्दर्भमा छलफल गर्न छिट्टै स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठक फागुन १९ गते दिउँसो १ बजे पार्टी कार्यालय पेरिडाँडामा बस्ने उनले जानकारी दिए ।

उनकाअनुसार बैठकले पार्टीको आधिकारिकताको लागि आफूहरूले गरेको दाबीका आधारमा संविधान र दल ऐन अनुरुप छिट्टै निर्णय गर्नको निम्ति निर्वाचन आयोगलाई अनुरोध गरेको छ । ‘पार्टीको सचिवालय बैठकले पछिल्लो राजनीतिक घटनाक्रमका सन्दर्भमा पार्टीको स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक छिट्टै बोलाउने निर्णय गरेको छ,’ उनले भने, ‘निर्वाचन आयोगले पार्टीको आधिकारिकता सम्बन्धी हामीले दाबी गरेको अनुरोधका आधारमा संविधान र दल ऐन अनुरुप छिट्टै निर्णय गर्नका निम्ति पनि अनुरोध गरेको प्रवक्ता श्रेष्ठले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्