बाबुरामलाई क्यान्सर नभएको चिकित्सकको निष्कर्ष



न्युज अफ नेपाल , काठमाडौं । दिल्ली उपचारका लागि गएका पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष डा .बाबुराम भट्टराई लाई ट्युमरमा क्यान्सर नभएको चिकित्सकले बताएका छन् । यो संगै भट्टराई मंगलबार स्वदेश फर्कने भएका छन् ।

भट्टराई मंगलबार नेपाल वायु सेवा निगमको जहाजबाट नेपाल फर्कन लागेका हुन्। भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेका अनुसार चिकित्सकहरूले न्युरो-इन्डोक्राइनको ट्युमरमा क्यान्सर नभएको निष्कर्ष निकालेका छन्।तर देखिएको ट्युमरलाई भने बेलैमा नै ढिला नगरी दुई–तीन महिनाभित्रै शल्यक्रियाद्वारा फाल्नुपर्ने पनि चिकित्सकहरुले सुझाव दिएका छन् ।

भट्टराईले दिल्लीस्थित यकृत एवम् पित्त विज्ञान संस्थानमा स्वास्थ्य परीक्षण गराइरहेका थिए । उनले डा. प्रोफेसर विक्रम भाटियासँग परामर्श लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्