मुक्तिनाथको ‘नारी विशेष अफर’



काठमाडौं, नेस
मुक्तिनाथ विकास बैंकले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा ‘नारी विशेष अफर’ ल्याएको छ । यस अफर अन्तर्गत फागुन १६ गतेदेखि फागुन २३ गतेभित्र मुक्तिनाथ बैंकको महिला पेवा बचत खाता खोलेमा निःशुल्क मुक्तिनाथ भिसा डेबिट कार्ड पाउन सकिनेछ ।

विकास बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न जुनसुकै बैंकको एटीएमबाट बिना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यसैगरी मोबाइल बैंकिङ, क्यूआर कोड स्क्यान, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङलगायतका सुविधा ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्