एनएमबिका ग्राहकलाई बी एन्ड बी अस्पतालमा छुट



काठमाडौं, नेस  ।

एनएमबि बैंकले आफ्ना ग्राहक तथा कर्मचारीलाई बी एन्ड बी अस्पतालबाट उपलब्ध गराईने विभिन्न किसिमका चिकित्सकीय सेवाहरुमा १० प्रतिशतसम्म छुट दिने बिषयमा द्विपक्षीय समझदारी गरेको छ ।

अस्पतालले बैंकका एटीएम तथा अन्य भिजा कार्ड होल्डर ग्राहक तथा कर्मचारीलाई फार्मेसीबाट औषधि खरिद गर्दा ५ प्रतिशत र अन्तरंग भर्ना मा ७ प्रतिशत छुट उपलब्ध गराउने छ । समझदारीपत्रमा एनएमबि बैंकका तर्फबाट प्रमुख रिटेल बैंकिङ रोशन रेग्मी र बी एन्ड बीका तर्फबाट प्रमुख प्रशासक श्री प्रकाश भट्टराईले हस्ताक्षर गर्नुभयो । एनएमबि बैंकले १८० शाखा, १३६ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ ।

प्रतिक्रिया दिनुहोस्