साढे १५ करोड राजस्व छलीमा मुद्दा दायर



काठमाडौंं, नेस  ।
राजस्व छली गर्ने तीन जनाविरुद्ध राजस्व अनुसन्धान विभागले उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको छ । १५ करोड ३६ लाख ६३ हजार ६७२ रुपियाा बिगो दाबी र कैद जरिवानाको मागसहित तीन जनाविरुद्ध मुद्दा दर्ता गरेकोे हो ।

विभागले आइतबार विराटनगर– ९ स्थित बाबा फ्लोर मिल्सका मुख्य कारोबारी सुरेशकुमार राठीसहित तीन जनाविरुद्ध मुद्दा दर्ता गरेको हो । विभागले कम्पनीका म्यानेजर गिरधारी लाल अग्रवाललाई वास्तविक बिक्री आम्दानीभन्दा घटी बिक्री देखाइ मूल्य अभिवृद्धि कर, लाभांश कर र आयकर समेतको छली गरेको साथै भीसीटीएस समेतको पालना भन्दै विभागले राजस्व चुहावट गरेको अभियोगमा उनीहरूलाई मुद्दा चलाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्