एक दशकपछि घमेशको वनमा खयर



नारायण थानमा गेट, दमौलीमा गेट, घर हाम्रो रामेछाप, आमाको आशिर्वादजस्ता लोकप्रिय गीतका सर्जक लोकदोहोरी गायक घमेश दुलालले एक दशकपछि लोकदोहोरी गीत वनमा खयर ल्याएका छन्।

गीतमा घमेशलाई युवा पुस्ताकी प्रतिभाशाली गायिका प्रविशा अधिकारीले साथ दिएकी छन्। शिव हमालले यो गीतको शब्द रचना गरेका छन्। गीतमा संगीतकार तथा गायक प्रभावन जेको संगीत रहेको छ।

गीतको संगीत संयोजन एरेन्जर कमल सौरागले गरेका छन्। भिडियोमा चर्चित कलाकार बुद्धि तामाङ, सत्यकला बम्जन र पुरु सिग्देलको अभिनय रहेको छ। भिडियो नृत्य निर्देशक कमल राईले निर्देशन गरेका छन् भने छायांकन हरीश मेहेरा र सम्पादन डिनसन शाहले गरेका छन्।

प्रतिक्रिया दिनुहोस्