पीएसजीको सहज जित



लन्डन, (एजेन्सी) ।

पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च लिग वानमा डिजोनमाथि ४–० गोलअन्तरको सहज जित निकालेको छ ।

पीएसजीले डिजोनलाई उसकै मैदानमा हराउँदा युवा फरवार्ड क्लियन एमबाप्पेले दुई तथा मोइस किन र डानिलो र पेरेइराले समान एक–एक गोल गरे । शनिबार राति भएको खेलको छैटौं मिनेटमा मोइस किनको गोलबाट पीएसजीले अग्रता लिएको थियो । उनले एब्डोय डियालोको पासमा गोल गरेका थिए ।

त्यस्तै खेलको ३२औं मिनेटमा एमबाप्पेले पेनाल्टीमार्फत गोल गरेपछि पीएसजीले पहिलो हाफमा २–० को अग्रता लिएको थियो । खेलको ५१औं मिनेटमा राफिन्हाको पासमा एमबाप्पेले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरेपछि पीएसजी सहज जिततर्फ अग्रसर बन्यो । खेलको ८२औं मिनेटमा जुलियन ड्राक्सलरको पासमा डानिलो पेरेइराको गोल गर्दै पीएसजीलाई ४–० को जित दिलाए । जितसँगै दोस्रो स्थानमा उक्लिएको पीएसजीको २७ खेलबाट ५७ अंक पुगेको छ । यता पराजित डिजोन १५ अंक जोडेर पुछारमा छ ।

प्रतिक्रिया दिनुहोस्