खेल पत्रकार सम्मानित



नेपाल समाचारपत्र, काठमाडौं ।

युवा तथा खेलकुद मन्त्रालयले ९ जना खेल पत्रकारलाई आइतबार मन्त्रालयमा सम्मान गरेको छ । युवा तथा खेलकुदमन्त्री दावा तामाङले पत्रकारहरुलाई सम्मान गरेका हुन् । मन्त्रालयको वार्षिक कार्यक्रमअनुसार खेलकुद पत्रकारिता पुरस्कारबाट नागरिक दैनिक पश्चिेमी संस्करणका कमल खत्री सम्मानित भए । उनले नगद ५० हजार प्राप्त गरेका छन् ।

यसैगरी महिलातर्फ राष्ट्रिय समाचार समितिमा कार्यरत मुना कार्की सम्मानित भइन् । उनले नगद २५ हजार प्राप्त गरिन् ।यसैगरी प्रदेश १ बाट हाम्रो खेलकुद डटकमका हिमालचन्द्र खरेल, प्रदेश २ बाट साप्ताहिक पत्रिका खेलकुदका रञ्जनकुमार भण्डारी, बागमती प्रदेशबाट नागरिक दैनिकका अनिल मल्ल ठकुरी, गण्डकी प्रदेशबाट कान्तिपुरका माधव अर्याल, लुम्बिनी प्रदेशबाट नेप्लेज डटकमका मुक्तिबाबु रेग्मी, कर्णाली प्रदेशबाट बाह्रखरीका भुपेस उपाध्याय र सुदूरपश्चिमबाट खबरकुञ्जका सिताराम ओझा सम्मानित भएका हुन् । प्रदेशबाट सम्मानित हुनेहरुले नगद २५ हजार प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्