गणेशमान सिंह बक्सिङ सोमबारदेखि



काठमाडौं, (नेस) ।

नेपालको प्रजातान्त्रिक आन्दोलनका सर्वमान्य नेता स्व. गणेशमान सिंहको स्मृतिमा ‘वीर गणेशमान सिंह स्मृति बागमती प्रदेशस्तरीय बक्सिङ प्रतियोगिता’ सोमबारदेखि शुरु हुने भएको छ ।

यसअघि फागुन १९ देखि २२ गतेसम्म आयोजना गर्ने घोषणा गरिए पनि खेलाडीहरुको उत्साहजनक सहभागिताका कारण दुई दिन अगाडिबाटै खेल शुरु गर्न लागेको आयोजक नागार्जुन बक्सिङ खेलकुद समितिका अध्यक्ष सन्तोष बुढाथोकीले जानकारी दिए । बुढाथोकीका अनुसार खेलहरु सोमबारदेखि शुरु भए पनि प्रतियोगिताको उद्घाटन भने फागुन १९ गते बुधबार नै हुनेछ । प्रतियोगितामा एक सय ७३ खेलाडीले सहभागिता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्