बिग थ्री युवा खेलाडीमाथि हावी



लन्डन, (एजेन्सी)  ।
यस वर्षको अस्टे«लियन ओपनको उपाधि ३३ वर्षीय नोभाक जोकोभिचले जितेका छन् । हरेक वर्ष हुने पहिलो ग्रान्डस्लाम टेनिसप्रतियोगिताको रुपमा रहेको अस्टे«लियन ओपनमा जोकोभिचले २५ वर्षीय युवा खेलाडीलाई हराएका हुन् । रुसका डानील मेदभेदेभ सोझो सेटमा हारेका हुन् । यो नतिजाले फेरि एक पटक प्रश्न चिन्ह्न तेर्सियो कि पुरुष सिंगल्समा युवा खेलाडी किन धेरै ग्रान्डस्लाम जित्न सकिरहेका छैनन्?

ग्रान्डस्लाम प्रतियोगितामा पछिल्लो दशकदेखि युवा खेलाडीहरु असफल हुँदै आएका छन् । महिला सिंगल्समा भन्दा पुरुष सिंगल्सतर्फ तीन पाका खेलाडीहरुकै हातमा उपाधि गइरहेको छ । एक हालका विश्व नम्बर एक खेलाडी सर्बियाका जोकोभिच तथा पूर्व विश्व नम्बर एक खेलाडीद्वय राफाल नाडाल र रोजर फेडेररले नै उपाधि जितिरहेका छन् । स्पेनका नाडाल ३४ वर्षका हुन् भने स्विटजरल्यान्डका फेडेरर ३९ वर्षका पाको खेलाडी हुन् । तर, यी तीन जनाले २००३ देखि हालसम्म ७० ग्रान्डस्लाममध्ये ५८ ग्रान्डस्लाम उपाधि जितेका छन् ।बिग थ्रीले चर्चित यी तीन खेलाडीले पछिल्ला २० ग्रान्डस्लाममध्ये १७ ग्रान्डस्लाम उपाधि जितेका छन् । बाँकी तीन ग्रान्डस्लाम उपाधि ब्रिटेनका एन्डी मरे, अस्ट्रियाका डोमिनिक थिम र स्विटजरल्यान्डका स्टान वावरिन्काले हासिल गरे । हाल शीर्ष ५ युवा खेलाडीमा मेदभेदेभ, थिम, ग्रीसका स्टेफानोस सितसिपास, जर्मनीका एलेक्जेन्डर जेभेरेभ र रुसका आन्द्रे रुबलेभ छन् ।

यीमध्ये थिम (२७ वर्ष)लाई छाडेर अन्य चार जना २५ वर्ष वा २५ वर्षमुनिका हुन् । तर, यी खेलाडीहरुले बिग थ्रीसँगको प्रतिस्पर्धामा हारकै सामना गरिरहेका छन् ।मेडभेदेभले बिग थ्रीविरुद्ध १५ खेल खेले, तर जित मिल्यो केवल ४ खेलमा । त्यस्तै थिमले बिग थ्रीविरुद्ध ३४ खेल खेलेकोमा १६ मा जित हात पारेका छन् । सितसिपासले बिग थ्रीविरुद्ध १८ खेलमा प्रतिस्पर्धा गर्दा मात्र ६ मा विजयी हुन सकेका छन् । जेभेरेभले बिग थ्रीविरुद्ध २२ खेलमा सामना गर्दा १४ वटा खेलमा हार स्वीकार गर्नुपरेको छ । रुबलेभले भने यी तीन दिग्गज खेलाडीसँग तीनपटक सामना गरे, जसमा एकमा मात्रै उनलाई सफलता मिलेको छ ।पछिल्लो एक दशकमा (२०११ देखि २०२० सम्म) बिग थ्रीले थुप्रै उपाधि जितेका छन् । जोकोभिचले १७ ग्रान्डस्लाम, ४ निटो एटीपी फाइनल्स, ३१ एटीपी मास्टर्सका उपाधि जितेका छन् । नाडालले ११ ग्रान्डस्लाम, १७ एटीपी मास्टर्स उपाधि जितेका छन् । यस्तै फेडेररले ४ ग्रान्डस्लाम, १ एटीपी फाइनल्स र ११ एटीपी मास्टर्स उपाधि जितेका छन् । यसपछि अरु खेलाडीको नम्बर आएको छ ।

बिग थ्री किन बलिया छन् ?

बिग थ्री तीन कारणले बलिया छन् । पहिलो कारण शेड्युलमा सुधार र रिकभरी समयलाई बलियो बनाउनु हो । दोस्रो कारण अनुभव हो भने तेस्रो कारण विभिन्न प्रतियोगितामा अलग अलग ढाँचाको फरम्याट हुन् । यसले युवा खेलाडीको मानसिक र शारीरिक क्षमतामा धेरै फरक हुन गएको छ । युवा खेलाडीमा बिग थ्रीविरुद्ध कोर्टमा छिटो छरितो र ज्यादा बलिया पनि छन् । तर उनीहरुसँग रिकभरी हुनेमा धेरै समय लिने गर्छ ।

पछिल्ला केही समयदेखि बिग थ्रीले आफ्ना शेड्युलमा सुधार गरेका छन् । उनीहरुले पहिलेभन्दा कम खेल खेलिरहेका छन् । उनीहरुले ग्रान्डस्लाम र एटीपी प्रतियोगितामा मात्रै ध्यानकेन्द्रित गरिरहेका छन् । तर युवा खेलाडीहरुले यसो गरेका छैनन् । उनीहरुले वर्षमा १५ वटा प्रतियोगिता खेल्छन् । उनीहरुले एक प्रतियोगितामा कम्तीमा २ घण्टा खेल्छन् ।एक रातको निन्द्रा र फेरि अर्को दिन युवा खेलाडीहरुले खेल खेल्ने पर्ने हुन्छ । यही शेड्युल एकदेखि दुई सातासम्म चल्छ र यसले उनीहरुको ऊर्जा घटाइसकेको हुन्छ । त्यही बिग थ्रीले एक दिनमा ४ घण्टासम्म खेल खेल्न सक्छन् । उनीहरुले सीमित प्रतियोगिता खेलेर सबै ऊर्जा त्यसैमा लगाएका हुन्छन् । त्यसैले उनीहरुले ग्रान्डस्लाममा राम्रो गरिरहेका हुन्छन् ।

युवा खेलाडीमा परिपक्वताको कमी

बिग थ्री र युवा खेलाडीलाई अलग गर्ने तत्व हो अनुभव । अनुभवको प्रयोग मसल मेमोरीका रुपमा गरिन्छ । अनुभवले शारीरिक र मानसिक दुवैतर्फ प्रभाव पार्छ । फेडेरर, नाडाल र जोकोभिचले ५० भन्दा बढी ग्रान्डस्लाम खेलिसकेका छन् । यसमा उनीहरु धेरै जसोमा च्याम्पियन बनेका छन् । यसले उनीहरुको मसल मेमोरीलाई सशक्त बनाउँछ । उनीहरुमा आत्मविश्वास पनि बढी नै हुन्छ, त्यो युवा खेलाडीमा कमै देखिन्छ ।

टेनिसका दिग्गज खेलाडी जोन मेकन्रोले एकपटक बताएका थिए कि युवा खेलाडीहरुले स्वयंलाई प्राविधिक तरिकाले अब्बल बनाए तर मानसिकरुपमा उनीहरु तयार देखिँदैनन् । उनीहरुमा नयाँ केही गर्ने भोक पनि छैन र हारिरहेको छ भने उनीहरुसँग प्लान बी वा प्लान बी को प्रयोग गरेको पनि देखिँदैन । यसैगरी अर्का दिग्गज टेनिस खेलाडी बोरिस बेकरले बताए कि थिएम, सितसिपास जस्ता खेलाडीसँग परिपक्वताको कमी छ । उनीहरुले प्रतियोगिता जित्ने दबाबमै खेलिरहेका हुन्छन् । यस्तो दबाब लिएर खेलेर जित्ने आत्मविश्वास कसरी पैदा हुन्छ भन्ने उनको भनाइ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्