‘केपी ओलीलाई हटाएर देखाउनुस्’



नेपाल समाचारपत्र, भद्रपुर ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीबाट हटाउन अविश्वासको प्रस्ताव ल्याएर देखाउन चुनौती दिनुभएको छ । झापा क्षेत्र नम्बर ५ मा आइतबार चीन–नेपाल मैत्री औद्योगिक पार्कको शिलान्यासका क्रममा यस्तो बताउनुभएको हो ।‘मुद्दा जिताइदिएर कसैले प्रधानमन्त्री बनाएको होइन,’ प्रधानमन्त्री ओलीले भन्नुभयो– ‘प्रधानमन्त्री नेपाली जनताले बनाएको हो, नेपाली जनताको हात र आशीर्वाद जहिलेसम्म मेरो ठाउँको छ, मुद्दा हारजितले केही हुने वाला छैन ।’

प्रतिनिधिसभा पुर्नस्थापना भएकै दिन उहाँहरू चितवनको सभा छाडेर सोजै पेलेन चढेर काठमाडौँ फर्किनुभयो, र सरासर प्रधानमन्त्री ओलीलाई हटाउनु पर्यो भन्दै अरूको सरणमा पुग्नु भयो, तर उहाँहरूले पनि साथीहरूसँग सल्लाह गर्छु र तपाईँहरू कुन पार्टीको भन्दै अँध्यारो मुख लगाएर फर्काउनु भयो,” ओलीले भनूनभयो । ‘पार्टीको अध्यक्ष, संसदीय दलको नेता र प्रधानमन्त्री मै हुँ, संसद् पुर्नस्थापना अदालतमा मुद्दा लडेर ल्याउनुभएको छ भने केपी ओलीलाई हटाएर देखाउनुस् ।’अविश्वासको प्रस्ताव राख्नुस्, प्रधानमन्त्रीबाट हटाएर देखाउनुस्, पहिला पनि यस्तै भएकै हो, जनताबाटै फर्किएर फेरि आएको हुँ, ओलीले भन्नुभयो ‘अहिले फेरि हटाउनु सक्नु भयो भने फेरि तीन करोड जनताबाट दुई तिहाइ ल्याएर प्रधानमन्त्री बन्ने दाबी गर्छु ।’ बल्लबल्ल पार्टी एकता गरेको त्यो पनि फुटाएर हिडने गरेको बताउँदै पद, पैसा र परिवारबाहेक अरू केहीमा ध्यान छैन, जे पनि मलाई चाहियो भन्ने ? उहाँको भनाइ थियो । ’

संविधान समय अनुसार परिमार्जन हुन सक्छ, तर संविधानको लोकतान्त्रिक मर्म र भावनालाई तलमाथि हुन नदिने उल्लेख गर्नुभयो । प्रधानमन्त्री ओलीले नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीसँग सरकार वार्ता गर्न तयार रहेकोले यसका लागि सरकार लागि परेको उहाँको भनाई छ ।प्रधानमन्त्री ओलीले पाँच वर्षभित्रमा दमकमा सुविधासम्पन्न औद्योगिक पार्कले पूर्णता पाएर पूर्वाधार पूरा भई दश वर्षभित्रमा पूर्णरुपमा सञ्चालनमा आउने दाबी गर्नुभयो । औद्योगिक पार्कले दुई वर्षभित्रमा ४५ हजारलाई रोजगारी दिनुका साथैं विश्व वजारसम्म यहाँका उत्पादनले वजार पाउने विश्वास दिलाउनुभयो ।

एक हजार ६०० हेक्टरमा बन्ने औद्योगिक पार्कको निर्माण चार चरणमा सम्पन्न हुनेछ । पहिलो चरणमा ५८ करोड ६० लाख अमेरिकी डलर ९६३ अर्ब २१ करोड रुपैयाँ लगानी गरेर निर्माण कार्य हुनेछ । औद्योगिक पार्क काम, आराम, मनोरञ्जन र संस्कृतिका दृष्टिले समेत दक्षिण एसियामै उत्कृष्ट हुने बताइएको छ । पार्क चिनियाँ सहयोगमा निर्माण हुन लागेको हो । यो परियोजना २२ सय बिघा क्षेत्रफलमा फैलिने र हाल १३ सय बिगाहा जमिन एकीकृत गरिसकिएको पार्क निर्माण समितिका अध्यक्ष गोविन्द थापाले बताउँनुभयो ।

प्रतिक्रिया दिनुहोस्