नेपाल वितरक महासंघको नवौं साधारणसभा तनहुँमा



नेपाल समाचारपत्र, तनहुँ ।
नेपाल वितरक महासंघको नवौं वार्षिक साधारणसभा तनहुँमा हुने भएको छ । महासंघको फागुन २९ गते शनिबार तनहुँ उद्योग वाणिज्य संघको हल दमौलीमा साधारणसभा हुने भएको छ । शनिबार मिडिया भिलेजमा आयोजित पत्रकार सम्मेलनमा तनहुँमा साधारणसभा गरिने जानकारी दिइएको हो ।
तनहुँको धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न टेवा पु¥याउने उद्देश्यले साधारणसभाको कार्यक्रम यहाँ गर्न लागिएको महासंघका केन्द्रिय अध्यक्ष सुरेश अधिकारीले बताउनुभयो । कालोबजारीकरण नियन्त्रणका लागि ग्राहक सचेत भएमा सहज हुने अधिकारीले बताउनुभयो ।
‘व्यवसायमा मुनाफा लिनुपर्छ तर ग्राहकलाई मर्कामा पार्नुहुँदैन’, उहाँले भन्नुभयो– ‘हरेक किलोमिटरमा भाडा खर्च जडान गरेर विक्रेताले ग्राहकलाई मर्कामा पार्छ भने सचेत हुनुपर्छ ।’ कानुनी रुपमा कारवाहीका लागि पहल गर्नमा नेपाल वितरक महासंघ तयार रहेको उहाँले भनाइ छ ।
देशभरका करिव ५ सय सदस्यको कार्यक्रममा सहभागिता रहने पत्रकार सम्मेलनमा केन्द्रीय महासचिव हरिराज पन्तले बताउनुभयो । सरोज भण्डारीले कार्यक्रमको बारेमा प्रकाश पार्दै कार्यक्रम भव्यरूपमा सम्पन्न गर्नका लागि सबै पक्षबाट सहयोगको अपेक्षा गर्नुभयो । साधारणसभाको अनुमानित खर्च १५ लाख अनुमान गरिएको आयोजक आर्थिक उपसमिति संयोजक लालप्रसाद प्रधानले बताउनुभयो ।
जिल्लाका धार्मिक, ऐतिहासिक, सांस्कृतिक एवं पर्यटकीय क्षेत्रको प्रचारप्रसारका लागि कार्यक्रमले टेवा पुगोस् भनेर नेपालभरिका अधिकृत विक्रेताहरूको छाता संस्था नेपाल वितरक महासंघको साधारणसभा दमौलीमा गर्न लागिएको वितरक महासंघका केन्द्रीय सदस्य एवं मूल समारोह समिति संयोजक मंगलप्रसाद श्रेष्ठले बताउनुभयो ।
पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष ओमकार आचार्य, मनोज अधिकारी लगायतले साधारणसभा जिल्लमा गरिदा वितरक महासंघले यहाँको प्राङ्गारिक उत्पादनको समेत प्रवद्र्धन र बिक्री वितरणको व्यवस्थापनमा टेवा पु¥याउनुपर्नेमा जोड दिनुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्