झापाको औद्योगिक पार्क शिलान्यास गर्न ओली गृहजिल्ला जाँदै



न्युज अफ नेपाल ,काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओली आज गृहजिल्ला झापा जाँदै छन् । औद्योगिक क्षेत्र शिलान्यासलगायतका कार्यक्रममा सहभागी हुन ओली झापा जान लागेका हुन् ।

झापाको दमक नगरपालिका, कमल गाउँपालिका र गौरादह नगरपालिकामा फैलिने औद्योगिक क्षेत्रलाई ‘चीन-नेपाल मैत्री औद्योगिक पार्क’ नाम दिइएको छ । सरकारले एक सातामा पाँच वटा औद्योगिक क्षेत्र शिलान्यास कार्यक्रम निर्धारण गरेको थियो । अहिले नेपालमा ११ वटा औद्योगिक क्षेत्र सन्चालित छन् ।

प्रतिक्रिया दिनुहोस्