‘निर्दोषलाई फसाउने ? म सहन्नँ : प्रेमकुमार राई



काठमाडौं, (नेस) ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रणका लागि पहिलेको भन्दा प्रभावकारीरुपमा प्रक्रियालाई अघि बढाउने बताउनुभएको छ ।घट्टेकुलो समाजले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रमुख आयुक्त राईले नागरिक समाज र जनअपेक्षाअनुसार आफूले भ्रष्टाचार न्यूनीकरणका लागि प्रभावकारी ढंगले कार्य गर्ने बताउनुभएको हो ।

प्रतिनिधिसभा विघटन भएका बेला संवैधानिक परिषद्ले प्रमुख आयुक्त राईसहित अन्य संवैधानिक निकायमा ३९ जना पदाधिकारीलाई गरेको सिफारिसबमोजिम राष्ट्रपतिले नियुक्त गर्नुभएको थियो ।कार्यक्रममा बोल्दै प्रमुख आयुक्त राईले संविधान, अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, भ्रष्टाचार निवारण ऐनलगायत अन्य ऐनको दायराभित्र रही प्रभावकारीरुपमा कार्य गर्ने उल्लेख गर्नुभयो ।

यहाँ धेरै भ्रष्टाचार छ भन्ने आवाज उठिरहेको बताउँदै प्रमुख आयुक्त राईले त्यस आवाजलाई आफ्नो कार्यकालमा विगतको भन्दा प्रभावकारी ढंगले संवोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।आफ्नो कार्यकालमा तथ्य र प्रमाणको आधारमा कसैलाई पनि कारबाही गर्न पछि नपर्ने उल्लेख गर्दै उहाँले निर्दोष व्यक्तिलाई फसाउन खोज्नेलाई पनि नछोड्ने दाबी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्