कोरोनाका कारण स्थगित नेपाली सेनाको पदयात्रा फागुन २९ मा हुँदै, जिल्ला एकीकरणका ६ वटा पदमार्गको पहिचान



मोतीराम तिमल्सिना, काभ्रे ।

‘यात्रा स्वभिमानको, इतिहास एकिकरणको’ भन्ने अभियान बोकेर नेपाली सेना कालीजंग गण धुलिखेलले फागुन २९ गते शनिबार एकिकरण पदयात्रा गर्ने भएको छ । अघिल्लो वर्षको फागुन २४ गते पर्यटन वर्षलाई समेत लक्षित गरी अयाोजना गरिएको कार्यक्रम कोरोना भाईरसको संक्रमणको जोखिमलाई मध्यनजर गरी स्थगित गरिएको थियो ।

नेपाली सेनाको तत्कालिन विष्णु दल गणले काभ्रेपलाञ्चोक जिल्लामा विक्रम सम्वत १८०३ देखि १८२० सम्म पृथ्वीनारायण शाहले काभ्रेपलाञ्चोक जिल्ला र काठमाडौ उपत्यकामा विजय हासिल गर्न प्रयोग गरेका पदमार्गहरुलाई नेपाली सेनाले एकिकरण पदमार्गका रुपमा पहिचान, संरक्षण, सम्र्वद्धन र सैनिक इतिहासलाई प्रवद्र्धन गर्ने गरी ६ वटा पदमार्ग पहिचान गरेको थियो ।

तत्कालिन समयमा विष्णु दल गणमा गणपति एवं प्रमुख सेनानी सुबास खड्का हुनुुहन्थ्यो । विष्णु दल गण रसुवा जिल्लामा सरुवा भई रसुवा जिल्लाबाट कालिजंग गण धुलिखेलमा आए लगत्तै गणपति एवं प्रमुख सेनानी मिलन थापाले समन्वयात्मक बैठक आयोजना गरी पदमार्ग र पदयात्राका बारेमा जानकारी गराउनु भएको थियो ।

‘ऐतिहासिक गढी, किल्ला, एकिकरण मार्ग र कोटहरुको पहिचान, संरक्षण, सम्र्वद्धन र सैनिक इतिहासलाई प्रर्वद्धन गर्ने उदेश्यले पदमार्गको पहिचान र पदयात्रा आयोजना गरिएको हो’–प्रमुख सेनानी गणपति मिलन थापाले भन्नुभयो–‘सोहि दिन नेपाली सेनाले धुलिखेल, देविस्थान काभ्रेकोट, चौकोट, शारदाकोट, गोरखनाथ, पनौती इन्द्रेश्वर मन्दिर हुँदै पनौती गेटसम्मको १० किलोमिटर यात्रा तय गरिएको छ ।’

पदमार्गको ब्युटिफिकेशन गर्ने, काभ्रेकोट र शारदाकोट नजिक अस्थायी र स्थायी प्रकृतिको महिला पुरुष अलग अलग रहेको शौचालय निर्माण गर्ने, पदमार्ग स्तरोन्नती गर्दै लैजाने, पदमार्गमा साईक्लिङ्गको योजना रहेको प्रमुख सेनानी मिलन थापाले भन्नु भयो । पृथ्वीनारायण शाहले १८०३ मा नगरकोट कब्जा गरी १८१६ मा पलाञ्चोक कब्जा गर्न प्रयोग गरिएको रुट, १८१८ असार ३० गते चौकोट विजयीको बेला प्रयोग गरिएको भमरकोट काभ्रेकोट सडक, १८१९ असोज २ गते तेमाल कब्जाको समयमा प्रयोग गरिएको सडक, १८२० कार्तिक १० गते पुनः चौकोट विजय र सोहि दिन कोटखेल हुँदै धुलिखेल विजय हुँदा प्रयोग गरिएको रुट, १८२० कार्तिक ११ गते पनौती कब्जा गर्दा प्रयोग गरिएको सडक, १८२० कार्तिक १४ गते बनेपा साँगा नाला कब्जा गर्दा प्रयोग गरिएका सडकलाई ६ वटा पदमार्ग तय गरिएको छ । फागुन २९ गते पाँचौ नम्वरको रुट धुलिखेल देखि पनौतीसम्मको पदमार्गमा पदयात्रा गरिने तयारी गरिएको छ ।

धुलिखेल नगरपालिका प्रमुख एवं नेपाल नगरपालिका संघका अध्यक्ष अशोक ब्याञ्जुले पदमार्गहरुमा नेपाली सेनाले प्रयोग गरेका पुराना हातहतियार तथा देविस्थानमा मिलिटरी म्युजियम बनाउन सुझाव दिनु भयो । त्यसका लागि नगरपालिकाको तर्फबाट सहयोग गर्ने र पृथ्वीनारायण शाहको शालिक नगरपालिकाले तयार गरी आवश्यक स्थानमा राख्ने नगर प्रमुख ब्याञ्जुले बताउनु भयो ।

प्रमुख सेनानी सुवास खड्काले नेपाली सेनाले देशभर पदमार्गहरुको पहिचान गरिरहेको सन्दर्भमा काभ्रेपलाञ्चोक जिल्लाको ऐतिहासिक ६ वटा किल्ला कब्जाको क्रममा प्रयोग गरिएका सडकहरुलाई पदमार्गको रुपमा पहिचान गरी त्यसको संरक्षण तथा प्रर्वद्धनका लागि स्थानीय सरकारसँग समन्वय गरिरहेको बताउनु भयो ।

पनौती नगरपालिकाका प्रमुख भिम न्यौपानेले २९ गते आयोजना गरिने पदयात्राका लागि नगरपालिकाको तर्फबाट आवश्यक झाँकी तथा अन्य तयारीमा समन्वय गर्ने बताउनु भयो । सोहि पदमार्गलाई पर्यटकिय, धार्मिक, सांस्कृतिक र ऐतिहासिक रुपमा अगाडी बढाउन आवश्यक सहयोग गर्ने बताउनु भयो ।

प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, जिल्ला प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्री, वडा अध्यक्षहरु, सुरक्षा निकायका प्रतिनिधिहरु, होटल तथा पर्यटन ब्यवसायी, उद्योग बाणिज्य संघ लगायतका संघ संस्थाहरुले पदयात्रा सफल बनाउँदै उक्त क्षेत्रलाई आवश्यक प्रचार प्रचार गर्न समन्वय गर्ने प्रतिवद्धता ब्यक्त गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्