स्याङ्जा जिल्लावासी पत्रकारहरु काठमाडौमा भेला हुने



भूपराज बस्याल, काठमाडौ ।

स्याङ्जा जिल्लावासी पत्रकारहरु काठमाडौमा भेला हुने भएका छन् । फागुन २९ गते सनिवार काठमाडौको बालाजु पार्कमा पिकनिक सहित विभिन्न क्षेत्रमा सक्रिय पत्रकारहरु भेला हुन लागेका हुन् ।

स्याङ्जा जिल्लाबाट काठमाडौमा सक्रिय पत्रकारिता गर्दै आएकाहरुको शुक्रबार काठमाडौको पुल्चोकमा भएको भेलाले यस्तो निर्णय गरेको पत्रकार अर्जुन खनालले जानकारी दिनुभयो । जुनसुकै ठाउँमा बसेर पनि पत्रकारितामा सक्रिय स्याङ्जा जिल्लावासी उक्त भेलामा सहभागी हुनसक्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “काठमाडौमा बसेर सक्रिय पत्रकारिता गर्नेहरुको फेसबुक ग्रुुप बनाएका थियौ उक्त ग्रुुपमा सबै एकैठाउँमा जम्मा हुने र पिकनिक गर्ने प्रस्ताव आयो उक्त प्रस्ताव पछ्याउँदै जादा भेलानै हुनेगरी तयारी भयो ।

” उक्त भेलाले पत्रकार इन्द्र रिजालको संयोजकमा एउटा समिति समेत निर्माण गरेको पनि उहाँले जानकारी दिनुभयो । उक्त समितिले स्याङ्जा जिल्लावासीको प्रथम भेला सहित पिकनिक गर्ने निर्णय गरेको समितिका संयोजक रिजालले बताउनुभयो । उक्त पिकनिक तथा प्रथम भेलामा स्याङ्जा जिल्लाका सक्रिय पत्रकारहरुमात्रै सहभागी हुने पनि उहाँले बताउनुभयो ।

स्याङ्जा जिल्लावासीहरु पत्रकारितामा सक्रिय भएपनि हालसम्म कतिछन कहाँकहाँ भन्ने तथ्यांक नभएको हुँदा सबैलाई एक आपसमा परिचित हुनको लागि पनि यो भेलाले सहयोग गर्ने संयोजक रिजालको भनाइ छ । रिजालको संयोजकमा बनेको उक्त समितिको सदस्यहरुमा अनिता बिन्दु, प्रकाश डुम्रे, भूपराज बस्याल, अर्जुन खनाल,श्रीकृष्ण सिग्देल, ओम प्रकाश शर्मा, प्रतीक्षा काफ्ले, राजेश शर्मा लामिछाने, संगीता खड्का, अनिल गिरि, नारायण शर्मा, लिलु डुम्रे, असीम सापकोटा, शिव लम्साल, श्रीराम पौडेल, शालिक सुवेदी, बलराम पाण्डे, प्रदीप कोइराला, गोबिन्द्र गिरि र घनश्याम सिग्देल रहनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्