आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्दै



न्युज अफ नेपाल , काठमाडौं ।

प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। सर्वोच्च अदालतले संसद् विघटन बदर गरेपछि पहिलो पटक मन्त्रिपरिषद बैठक बस्न लागेको हो।

शुक्रबार साँझ ५ बजे बालुवाटारमा बस्ने गरी बैठक बोलाइएको बताइएको छ । अदालतको आदेशअनुसार फैसलाको मितिले १३ दिनभित्र अर्थात्फागुन २४ गतेभित्र राष्ट्रपतिबाट संसदको हिउँदे अधिवेशन आह्वान हुनेछ। अधिवेशन आह्वान भएसँगै नेकपाको दाहाल- नेपाल समूहले दर्ता गराएको प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको अविश्वासको प्रस्ताव अघि बढ्नेछ।

मन्त्रिपरिषद्को बैठकमा पछिल्लो घटनाक्रमको विषयमा र भावी रणनीतिको विषयमा छलफल हुनेछ।प्रधानमन्त्री ओली कुनै हालतमा राजीनामा नदिने मनस्थितिमा भएको बताउदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्