बुटवल उद्योग वाणिज्यसंघको अध्यक्षमा उज्ज्वल कसजु विजयी



यमलाल भुसाल, बुटवल ।

बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको अध्यक्षमा उज्ज्वल प्रसाद कसजु विजयी हुनु भएको छ । संघको २४ औं अधिवेशनबाट अध्यक्ष पदमा कसजु निर्वाचित हुनु भएको हो ।

अध्यक्ष पदमा निर्वाचित कसजुले ६६२ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिद्वन्द्वी हरिप्रसाद अर्यालले ४८३ मत प्राप्त गर्नुभएको छ । संघको नयाँ कार्य समिति चयनको बिहिबार अधिवेशन अन्तरगत अध्यक्ष, कोषाध्यक्ष, सचिव तथा खुल्ला तर्फको सदस्य र महिलातर्फको सदस्य पदमा मतदान भएको थियो । कोषाध्यक्ष पदमा ६९२ मत सहित नविन श्रेष्ठ, सचिवपदमा ५२१ मत सहित मुक्ति प्रसाद अधिकारी निर्वाचित हुनु भएको छ ।

त्यस्तै खुल्ला तर्फको कार्य समिति सदस्य पदमा दिनेश श्रेष्ठ (९३२), दिपक प्रसाद चापागाई (९६९), कृष्ण श्रेष्ठ (९५२), मोह्मदजमिल खान (८५७), सुमोदमान सैंजु (९३१), टिकाराम बञ्जाडे (९५०), त्रिबिक्रमश्रेष्ठ (८८६) मत सहित विजय हुनु भएको छ भने महिला सदस्यतर्फ जमुना पौडेल (६३४) र मीनाप्रधान (६११) विजयीहुनु भएको प्रमुख निर्वाचनआयुक्त बाबुराम पाण्डेले जानकारी दिनुभयो ।नयाँ नेतृत्व चयनको लागि भएको अधिवेशनबाट वरिष्ठ उपाध्यक्ष मादिनेशप्रसाद श्रेष्ठ, उद्योग उपाध्यक्षमा टंकप्रसाद गैरे, बाणिज्य उपाध्यक्षमा नरिश्वर शर्मा पौडेल, महासचिव पदमा बिमलराज भट्टराई तथा एशोसियट सदस्य पदमा आनन्दप्रसाद वझा, ४ उद्योग सदस्यमा नरेशकुमार श्रेष्ठ, नेत्रप्रसाद पाण्डे, निर्मित कसजु, र संजय कलवार जयसवाल र ४ बाणिज्य सदस्य पदमा काशिराम शर्मा पौडेल, मनोज ध्वजु, प्रकाशकुमार श्रेष्ठ र प्रतिकपा खरेल निर्बिरोध निर्वाचित हुनु भएको थियो ।अध्यक्ष पदमा निर्वाचित भएसंगै कसजुले उद्योगी व्यवसायीको समस्या समाधानको लागि आफ्नो तर्फबाट पहल तथा पैरवीगर्ने र सबैको साथमा अंगाडी बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्