नेपाल टेलिकमद्धारा महेन्द्र शान्ति मा.वि बालकोटलाई फर्निचर उपहार



भक्तपुर । सुर्यविनायक नगरपालिकाको उत्कृष्ट सामुदायीक विद्यालय महेन्द्र शान्तिमा विबालकोटलाई नेपाल टेलिकमले कार्यालय फर्निचर उपहार दिएको छ । महेन्द्र शान्तिमा अध्ययन गरेकापुर्व विद्यार्थीहरुको समाजको अगुवाईमा विद्यालयलाई ति फर्निचर उपहार दिईएको हो ।

उपहार दिइएका फर्निचरहरुमा ३ थान स्टिल दराज, ५ थानअफिस टेबुल, १५ थान कुर्सीका साथै शिक्षक र विद्यार्थीको  सिकाई कोलागि नेपाल टेलिकमको निःशुल्क सियुजी मोवाइलसिम र एक थान मोवाइल रिचार्ज स्टेशनसमेत छ । टेलिकमको सियुजीसिम भने केही दिनभित्रै विद्यालयमा पठाईदिने नेपाल टेलिकमका प्रवन्धक सरोज शाक्यले बताउनुभयो ।विद्यालय व्यवस्थापन समितिका अध्यक्षएवम् सुर्यविनायक नगरपालिका वडा नं २ काअध्यक्ष कमलनाथ आचार्यको उपस्थितिमा नेपाल टेलिकमका प्रवन्धक शाक्यले ती फर्निचर विद्यालयमा विहीबार आयोजित एक समारोहमा विद्यालयका प्रधानाध्यापक गोपालविक्रम थापालाई हस्तान्तरण गर्नुभयो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष हेमन्त कुमार कार्की, एवम् पुर्व अध्यक्षहरु रोहित बहादुर राना क्षेत्री रभोला सिंह सिलवाल तथा महेन्द्र शान्तिपुर्व विद्यार्थी समाजकाअध्यक्ष बाबुराजा महर्जनका साथै विद्यालय व्यवस्थापन समितिका सदस्यहरुको सहभागिता थियो ।हस्तान्तरण समारोहमा प्रधानाध्यापक थापाले विद्यालयको वर्तमान शैक्षिक अवस्थाबारे प्रकाश पार्नुभयो भने व्यवस्थापन समितिका अध्यक्ष एवम् वडाध्यक्ष आचार्यले सहयोगीदातालाई धन्यवाद दिनुभयो । पुर्व विद्यार्थी समाजकाअध्यक्ष महर्जन तथा नेपाल टेलिकमका प्रवन्धक  शाक्यले विद्यालयको प्रगतीको प्रशंसा गर्दै भविष्यमा पनि यस्ता सहयोगले निरन्तरता पाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । विद्यालयका सह—प्रधानाध्यापक रामचन्द्र भट्टराई तथा टेलिकमका सरोज कुमार ढुंगानाले पनिबोल्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्