कुटपिट गरेको आरोपमा कलाकार पल शाहविरुद्ध उजुरी



न्युज अफ नेपाल ,काठमाडौं ।

नायक पल शाहविरुद्ध सुनसरीको धरानस्थित इलाका प्रहरी कार्यालयमा उजुरी परेको छ । म्युजिक भिडियो शूटिङका लागि धरान आएका पलले आफूलाई आक्रमण गरेको भन्दै शाहविरुद्ध अरुणकुमार प्रधानले प्रहरीमा उजुरी दिएका हुन् ।

प्रधानले पलको निर्देशनमा उनका सहयोगी कृष्णप्रसाद जोसीले आफूमाथि आक्रमण गरेको दाबी गरेका छन् । धरानमा पललाई लोकेसन हेर्नेदेखि सबै काममा आफूले सहयोग गरेको तर आफूमाथि नै आक्रमण भएपछि उजुरी हाल्न बाध्य भएको उनको बताएका छन ।उजुरी परेपछि प्रहरीले शुक्रवार दुवै पक्षलाई छलफलका लागि बोलाएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्