कविता : गणतन्त्रका राजा



टीका खनाल ।

कुन नामदेखि गरौं म लेख्न सुरुवात ए खड्ग ओली भन।
जसले सत्य उगेल्छ बाहिर कुरा देख्छौ तिमी दुर्जन ।।

बेची सुन्दर रेलका सपनी सब भोट खुब कमायौ अति ।
थाङ्नामै जनता सुताई तिमीले उखान टुक्का रची ।।

राजा हौ गणतन्त्रका तिमी हरे निर्लज्ज प्राणी रछौ ।
दहीचिउरे भई बोल्दछ्यौ किन तिमी आखिर एक्लो भयौ।।

जे बोल्थ्यौ तिमीले सबै जनहरु सुन्थे निमुखा बनी ।
अड्कलबाजी गरेर बोल्नु किनथ्यो जे गर्न सक्छु भनी ।।

मन्त्रीको नियतीत यस तरहको थिएन होला कबै ।
आफ्नु देशको चिनारी के गरी दियौ बिग्र्यो नि तिम्रो छवि ।।

राजा हुँ म, मलाई कानुन कुनै लाग्दैन केही पनि ।
हिड्थ्यौ कानुनको तराजु बीचको कमान मै हुँ भनी ।।

गर्थ्यौं आफू खुसी सबै जनहरु बेकार शम्झी कन ।
आँखा देख्न र कान सुन्न सकने रहेछन्नि धेरै जना ।।

सत्ता हात लिएर गर्छु सब काम भन्दै अगाडि सर्‍यौं ।
देशकै हस्ती भएर के गरी हिड्यौ गर्नु नगर्नु गर्यौ ।।

कोही बोले त समाती थुन भनी खुब आदेश दिदा भयौ ।
झाँक्रीलाई थुनेर केही छिनमै भाइरल बनाइदियौ ।।

पार्टीले पनिता दिएछ अवकास गर्छौ अरु के अब ?
ध्यान गर्नै भनी जाउ पर्वततिरै छाडेर कामदाम सब ।।

प्रतिक्रिया दिनुहोस्