तारकेश्वरमा फेरि बर्ड फ्लु भेटियो



न्युज अफ नेपाल ,काठमाडौं ।

काठमाडौंको तारकेश्वर नगरपालिका–१ साङ्लामा फेरि बर्ड फ्लु पुष्टि भेटिएको छ । बर्ड फ्लु पुष्टि भएको स्थान र त्यस वरपरका कुखुराहरु र दाना नष्ट गरिएको छ । विक्रम गौतम र कमल गौतमको फार्मका ६ हजार ५ सय २५ वटा लेयर्स कुखुरा मारिएको सरकारी अनुगमन टोलीले जनाएको छ । फार्ममा रहेका ३ हजार ५ सय ७० वटा अण्डा र १ हजार ४ सय ५० किलो दाना पनि नष्ट गरिएको छ ।

यस्तै नजिकै रहेको सरिता शाहको २ हजार ९ सय ६० वटा ब्रोइलर चल्ला र फार्ममा रहेको ७ सय ५० किलो दाना नष्ट गरिएको । सम्झना ठकुरी तिवारीले पालेका २ हजार ७६ वटा ब्रोइलर र १ हजार ७ वटा लोकल कुखुरा तथा शान्ता खनालले पालेका १०० लोकल कुखुरा र २ वटा टर्की पनि मारेर खाल्डोमा पुरिएको छ ।तारकेश्वर नगरपालिका–१ मै यसअघि बर्डफ्लु पुष्टि भएपछि १४ सयभन्दा धेरै हाँस मारिएको थियो । यसअघि हाँसमा मात्रै देखिएको बर्डफ्लु अहिले कुखुरामा पनि पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्