महासंघको द्विराष्ट्रिय एवम् एनआरएन समन्वय फोरम विस्तार



काठमाडौं, (नेस) ।

नेपाल उद्योग वाणिज्य महासंघको द्विराष्ट्रिय एवं गैरआवासीय नेपाली समन्वय फोरम विस्तार भएको छ । देशबन्धु बस्नेत (अजित) को सभापतित्वमा गठित फोरमको सहसभापतिहरूमा एनआरएनए यूकेका कुल आचार्य, नेपाल–इजिप्ट चेम्बर अफ कमर्स एन्ड इण्डट्रिका अनोज रिमाल र निर्यात प्रवद्र्धन परिषद् नेपालका हरिबहादुर कार्की हुनुहुन्छ ।

फोरमका सदस्यमा नेपाल ब्रिटेन चेम्बर अफ कमर्स एन्ड इन्डट्रीका डा। मनिष थापा, नेपाल टर्की चेम्बर अफ कमर्स एन्ड इन्डट्रीका उमेश रायमाझी, नेपाल फिलिपिन्स चेम्वर अफ कमर्स ब्लेसी ग्याडोन ढकाल, एनआरएनए यूएसएका ऋषि प्रसाद ढकाल, एनआरएनए थाइल्याण्डका खगेन्द्रराज ढकाल छन् ।त्यस्तै फोरमका विशेष आमन्त्रितहरूमा एनआरएनए मिडिल इष्टका आर के शर्मा, एनआरएनए अफ्रिकाका हिक्मत थापा, एनआरएनए अष्टेलियाका दिपक कुमार खड्का, एनआरएनए यूरोपका पूर्ण हमाल, एनआरएनए कोरियाका सुवाष पौडेल, एनआरएनए जापानका किरण थापा र आमन्त्रितहरुमा नेपाल कुवेत चेम्वर अफ कमर्स एण्ड इण्डष्ट्रिका पुष्पदास श्रेष्ठ, नेपाल वुल्गेरिया चेम्वर अफ कमर्स एण्ड इण्डष्ट्रिका महेशमान श्रेष्ठ, नेपाल जर्मन चेम्वर अफ कमर्स एण्ड इण्डष्ट्रिका शुवाशिष थपलिया, एनआरएनए यूएसएका चन्द्र प्रसाद ढकाल, एनआरएनए मिडिल इष्टका रामेश्वर शाह, एनआरएनए जापानका प्रकाश घिमिरे, इम्पेरियल सेक्यूरिटिज प्रा।लि।का प्रकाश तिवारी, होटल सहन्साका अरनिको शाह र बी एण्ड एसोसिएट्सका सीए आशिष ढकाल छन् ।

फोरम विस्तार कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष शेखर गोल्छाले मुलुकभित्र लगानी तथा प्रविधि आकर्षणका लागि फोरमको अर्थपूर्ण सहयोग हुन सक्ने भन्दै यसमा लाग्न फोरमलाई सुझाव दिनुभयो । महासंघका विभिन्न समकक्षी अन्तराष्ट्रिय सस्थाहरुसँग विगतमा भएका सहमति सम्झौतालाई पुनरताजकी गर्न आवश्यक रहेको भन्दै फोरमले यसतर्फ पनि गम्भीर गृह कार्य गर्ने विश्वास आफूले लिएको बताउनुभयो । हाम्रा संबै कुटनीतिक च्यानलहरूसँग बलियो सम्पर्क विस्तार र विभिन्न देशका निजी क्षेत्रसँग समन्वय गरी मुलुकभित्र लगानी एवं प्रविधि आकर्षण, विकासका नयां नयां मोडलहरू समेत भित्रयाउने कार्यमा पहल गर्न सुझाव दिनु भयो । महासंघले अगाडि सारेको भिजनमा मुलुकको आर्थिक वृद्धिदर दोहोरा अंकमा लैजाने र प्रत्येक वर्ष करिव ४ लाखलाई रोजगारी सिर्जना गर्ने लक्ष्य लिएकाले यसलाई पूरा गर्न पनि बाह्य लगानी आवश्यक भएकाले यसमा सहयोग गर्न फोरमलाई आग्रह गर्नुभयो ।

महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले विभिन्न देशमा छरिएर रहेका करिव ५० लाख नेपालीहरू, नेपाली कुटनीतिक नियोगहरू, महासंघका समकक्षी अन्तराष्ट्रिय संघसंस्थाहरूसंग समन्वय सहकार्य गरी नेपालमा अन्तराष्ट्रिय लगानी ल्याउन फोरमले परिणामदायी कार्य गर्ने विश्वास आफूले गरेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्